काठमाडौँ / मनसुनजन्य प्रकोपका कारण डेढ दर्जनभन्दा बढी जिल्ला प्रभावित भएका छन् । गत आइतबारबाट देशका विभिन्न भागमा अविरल वर्षा र त्यसका कारण निम्तिएको बाढीपहिरो र डुबानमा परी हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । २२ जना बेपत्ता र ११ जना घाइते भएका छन् ।
प्राकृतिक प्रकोपले घरबार गुम्नेदेखि विस्थापित हुनेसम्मका घटना भएका छन् । प्रभावित जिल्लामा भएको आर्थिक क्षतिबारे यकिन विवरण आइनसके पनि सरकारी, सार्वजनिक तथा निजी संरचना विनाश हुँदा अर्बौं रुपैयाँ बराबरको आर्थिक क्षति भएको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।
प्रकोपबाट निम्तिएको मानवीय क्षति र भौतिक क्षतिको विवरण आउने क्रममा रहे पनि क्षतिको यकिन विवरण खोजरउद्धार र राहतको काम सकिएपछि आउने मन्त्रालयले जनाएको छ । ‘सरकारको ध्यान खोज–उद्धार र राहत व्यवस्थापनमा केन्द्रित छ, प्राथमिकताका काम सकेर स्थानीय प्रशासन र स्थानीय तहमार्फत प्राविधिक टोलीसमेत सहभागी गराएर विवरण संकलन गरिनेछ,’ प्रवक्ता दाहालले भने ।
सबैभन्दा बढी भौतिक क्षति सिन्धुपाल्चोक र मनाङमा भएको गृह मन्त्रालयले जनाएको छ । मनाङमा बाढीबाट पूर्ण रूपमा १ सय १२, आंशिक रूपमा २० भौतिक संरचनाको क्षति भएको छ । त्यस्तै १ बेलिब्रिज, ५ झोलुङ्गे पुल र ४ सरकारी कार्यालयका भवन पूर्ण रूपमा क्षति भएका छन् ।
सबैभन्दा बढी जनधनको क्षति व्यहोरेको सिन्धुपाल्चोकको मेलम्चीमा ३२ वटा निजी घर बाढीले बगाएको छ । ८ वटा पक्की पुल, १६ वटा झोलुङ्गे पुल, ७ वटा माछा फार्म र सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट रहेको भवन पनि बगेको छ । लमजुङमा निजी भौतिक संरचनामध्ये २० वटामा पूर्ण र ७७ वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाजुरामा २, गोरखामा १०, अर्घाखाँचीमा १२ भौतिक संरचना बाढीपहिरोमा नष्ट भएको छ । राजमार्गका १४ ठाउँमा बाढीपहिरो र डुबानले बढी क्षति पुर्याएको छ । जसका कारण आवागमन अवरुद्ध भएको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार मनसुन सुरु भएपछिको प्रकोपबाट लमजुङ, म्याग्दी, मुस्ताङ, मनाङ, पाल्पा, कालीकोट, जुम्ला, दैलेख, बाजुरा र बझाङ जिल्ला अन्तर्गतका राजमार्ग खण्ड अवरुद्ध भएको हो । यो समाचार कान्तिपुर दैनिकमा छ ।
- ADVERTISEMENT -

बाढीपहिरोबाट १६ को मृत्यु, डेढदर्जन बढी जिल्ला प्रभावित

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04












