नवलपुर / कान्तिपुर विश्वविद्यालय (केयू) अन्तर्गत सञ्चालित नागरिक इन्स्टिच्युट अफ टेक्नोलोजी (एनआइटी) कलेजले गैंडाकोट–५ मा शैक्षिक सेवा शुभारम्भ गरेको छ ।
सेवा शुभारम्भसँगै शैक्षिक सत्र २०८३/०८४ का लागि चारवर्षीय Bachelor of Information Technology (BIT) कार्यक्रमको भर्ना प्रक्रिया औपचारिक रूपमा खुला गरेको बुधबार पत्रकार सम्मेलन मार्फत् कलेजका प्रिन्सिपल मनोज सापकोटाले जानकारी दिए ।
- ADVERTISEMENT -

पत्रकार सम्मेलन बोल्दै प्रिन्सिपल सापकोटाले विद्यार्थीलाई गुणस्तरीय उच्च शिक्षा, व्यावसायिक सीप, उद्योग अनुभव तथा आर्थिक आत्मनिर्भरताको अवसर प्रदान गर्ने उद्देश्यले यस वर्ष “पढ्दै कमाउँदै” अवधारणालाई विशेष प्राथमिकताका साथ सञ्चालन गर्ने बताए ।
सूचना प्रविधि क्षेत्रको तीव्र विकास र बढ्दो रोजगारी अवसरलाई मध्यनजर गर्दै BIT कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
- ADVERTISEMENT -

विद्यार्थीलाई अध्ययनसँगै व्यावहारिक अनुभव दिलाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आईटी कम्पनीहरूसँग सहकार्य गरिएको उनले बताए । सोका लागि कलेजले दुई अन्तर्राष्ट्रिय र आठ राष्ट्रिय प्रतिष्ठित आईटी कम्पनीसँग समझदारीपत्र समेत सम्पन्न गरेको छ उनले भने ।
BIT कार्यक्रममा +२ विज्ञान (भौतिकशास्त्र, गणित र रसायनशास्त्र/कम्प्युटर विज्ञान) अध्ययन गरेका विद्यार्थीहरू भर्ना सुरु गरिएको छ ।
कलेजका अध्यक्ष छविलाल कंडेलले फष्ट इन्टेकमा भर्ना हुने विद्यार्थीहरुलाई २५ प्रतिशत छुट दिने बताए । कलेजले उद्योग–शिक्षा सहकार्य, परियोजनामा आधारित सिकाइ, करियर विकास तथा प्लेसमेन्ट सहयोग कार्यक्रममार्फत विद्यार्थीलाई दक्ष र रोजगारयोग्य जनशक्ति बनाउने लक्ष्य राखेको उनको भनाइ छ ।











































