चितवन / जिल्ला प्रहरी कार्यालय चितवनले रु २२ लाख जरिवाना तोकेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ का ५१ वर्षीय भरत खनाल रहेका छन् ।
उनलाई विशेष अदालत पाटनले २०७७ साल फागुन ३ गते बैंकिङ् कसुरमा रु २२ लाख जरिवाना तोकेको थियो । जरिवाना तोकिएका खनाल फरारको सूचिमा रहेका थिए । उनलाई शुक्रबार दिउँसो १ः१५ वजे भरतपुर महानगरपालिका वडा नम्बर ९ शरदपुरबाट पक्राउ गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक सूर्यवहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार पक्राउ परेका उनलाई शुक्रबार नै जिल्ला अदालत चितवनमा बुझाइएको हो ।
२२ लाख जरिवाना तोकिएका फरार पक्राउ
July 17, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -