२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025
२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025 Thursday

लागूऔषध गाँजासहित एक जना पक्राउ

प्रकाशित मिति : २०७८ श्रावण १३ गते
- ADVERTISEMENT -

बारा / बारा प्रहरीले अबैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नम्वर १२ रामथली टोल बस्ने ६२ वर्षीय शेर बहादुर जिम्बा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
निजगढ–११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलमा गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा जिम्बाले पिठ्यूँमा बोकेको कालो रंगको झोलाभित्र लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।
पक्राउ परेका जिम्बामाथि बारा जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मिश्रले बताए ।

- ADVERTISEMENT -