April 29, 2025

चाँदीको गरगहना र मोटरसाइकसहित दुई पक्राउ

August 9, 2021
File Photo.
- ADVERTISEMENT -

मकवानपुर / अवैध चाँदीको गरगहना र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकखण्डस्थित सवारीसाधनहरु रोकी चेकजाँच गर्ने क्रममा अवैध चाँदीको गरगहना र मोरटसाईकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चितवनको माडी नगरपालिका वडा नम्वर ६ बस्ने २३ वर्षीय सागर सुनार र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वडा नम्वर २२ बस्ने ३५ वर्षीय शम्भु घताने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, प्रहरीले उनीहरुको साथबाट चाँदीको तयारी बाला ८० थान, गणेश बाला १६ थान, बागमुखे बालाको टुक्रा ८ थान, पञ्चरत्न बाला ३७ थान गरी जम्मा ५११ ग्राम ९५० मिलि ग्राम बरामद गरेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ रातोमाटेस्थित सडकखण्डमा सवारीसाधन चेक जाँच गर्ने क्रममा प्रदेश २–०३–००४ प २५६ नं. को मोटरसाईकल चालक सुनार र सवार घतानेले लुकाईछिपाई भन्सार छली चोरी पैठारी गरी ल्याएको उक्त परिणामको चाँदी बरामद भएपछि निजहरुलाई पक्राउ गरेको जनाएको छ ।
चाँदीका गरगहनासहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -