January 21, 2025
- ADVERTISEMENT -

सभामुख सापकोटालाई निर्वाचन आयोगको पत्र

August 22, 2021

काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो बलिदान दिएका राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन प्रकरणमा निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई पत्र पठाएको छ ।
तत्कालिन एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका नेता महन्थ ठाकुरले पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएपछि आयोगले निवेदनमा उल्लेखित सदस्यहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर सभामुख सापकोटालाई सोधेको हो ।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार सभामुखलाई पत्र पठाइसकेको र जवाफ आएपछि दल दर्ता प्रक्रिया अघि बढ्नेछ । माधव नेपालको अध्यक्षतामा गठन भएको एमाले(समाजवादी) मा ९५ सदस्यीय केन्द्रीय समिति रहेका छन् भने झलनाथ खनाल बरिष्ठ नेता छन् ।
त्यस्तै, अध्यक्षमा महन्थ ठाकुरले निवेदन पेस गरेको समाजवादी पार्टी नेपाल(लोकतान्त्रिक)मा वरिष्ठ नेता राजेन्द्र महतो रहेका छन् भने दलमा २४ सदस्यीय कार्यकारिणी समिति छ । आयोगले बुधबार दल दर्ताकाे सनाखतका लागि नेपाल पक्ष र ठाकुर पक्षलाई बोलाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -