February 12, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

लेदो हटाएर मुग्लिन–सडक खण्ड सुचारु, जोखिम यथावतै

August 27, 2021

चितवन / सेती दोभानको पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालन ल्याइएको छ । बिहीबार बेलुकादेखि सेती दोभानमा गएको पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडक सञ्चालनमा ल्याइएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज (शुक्रबार) बिहान सांँढे पांँचदेखि पहिरो पन्छाउन सुरु गरी सवा ९ बजे पहिरो पन्छाई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको हो ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले दुबैतर्फ सवारीको अत्यधिक चाप बढेको र सडकको बीचबीचमा सवारी साधन रहेकोले पनि अविरल वर्षाका बीच पहिरो पन्छाएर भए पनि सडक सञ्चालनमा ल्याइएको जानकारी दिए ।
उनले उक्त ठाउँमा लेदो बग्ने क्रम जारी रहेको बताए । जाम हटाउन सकेसम्म सडक सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
सोही ठाउंँको १४ किलोमा सडक चिरिएका कारण थप जोखिम बनेको ट्राफिक प्रहरीले जानकारी दिएका छन । चिरिएको ठाउंँमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा आएको छ । बिहान सांँढे चार बजेतिर सो सडकखण्डको पांँच किलो भन्ने स्थानमा समेत सुख्खा पहिरो गएको थियो ।
सो पहिरो पनि पन्छाएर सडक सञ्चालनमा आएको थापाले बताए । भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित सेती दोभान बिहीबार बेलुका ८ बजेर २० मिनेटमा पहिरो गएको हो ।

- ADVERTISEMENT -