चितवन / भरतपुर–१० बाइपास रोड स्थित एस एण्ड पी अडिटिङ कम्पनीका संचालक तथा सामाजिक व्यक्तित्व सूर्य श्रेष्ठ विशेष धन्यवादका पात्र बनेका छन् । भरतपुर–१५ स्थित श्री आधारभूत विद्यालय गोपालगञ्जले कक्षा १ देखि १० सम्म कक्षा स्तरोन्नति र शैक्षिकस्तर सुधारको लागि विशेष योगदान पु¥याए वापत एक विज्ञप्ति नै जारी गरी विशेष धन्यवाद दिएका छन् ।
कम्पनीका संचालक तथा समाजसेवी श्रेष्ठलाई विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णयले हार्दिक आभार प्रकट तथा धेरैधेरै धन्यवाद व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘एस एण्ड पी कम्पनीका संचालक सूर्य श्रेष्ठले यस विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक, कापी कलम, झोला हस्तान्तरण गर्नु भएकोमा र बाल उद्यान, खेल मैदान समेत निर्माण गरी दिने बचन दिनु भएकोमा यहाँलाई धेरै धेरै ज्ञापन गर्दछौं ।’
‘उनको सामाजिक कार्यमा लगानी गरिने भावना बढोस्, दीन दुःखीहरुलाई सहयोग गर्ने हात अघि बढी रहुन साथै कम्पनीसँग व्यवसायिक कारोवार गरी सहयोग पु¥याई दिनुहुन सम्पूर्ण व्यवसायिक करदाता महानुभावहरुलाई विद्यालय व्यवस्थापन समिति जोडदार अनुरोध गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।
गोरखा जिल्लामा जन्मनु भएका समाजसेवी श्रेष्ठ २०६२÷०६३ का जनआन्दोलन शहीद परिवार घाइते समिति चितवनका अध्यक्ष पनि हुनुहुन्छ भने उहाँको राजनीतितर्फ पनि झुकाव उत्तिकै रहेको छ । हाल चितवनमा बसाई सराई गरी भरतपुर–१० बाइपास रोडमा विगत १५ वर्षदेखि एस एण्ड पी अडिटिङ कम्पनी संचालन गर्दै आउनु भएको छ ।
- ADVERTISEMENT -












































