२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बजार अनुगमनमा तिब्रता : म्याद सकिएको मासुजन्य उत्पादन बरामद

प्रकाशित मिति : २०७८ भाद्र ३१ गते
Photo : Halkaro

चितवन / भरतपुर महानगरले बजार अनुगमनलाई तिब्रता दिन थालेको छ । भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीको संयोजकत्वमा रहेको बजार अनुगमन निर्देशक समितिको निर्देशन अनुसार भरतपुर महानगरका राजस्व शाखाका अधिकृत थानेश्वर सापकोटाको नेत्रित्वमा बजार अनुगमन सुरु भएको हो । उपभोक्ताबाट पनि गुनासाहरु आउन थालेको र महानगरको पनि नियमित कार्यक्रम अन्तर्गत बजार अनुगमनलाई अगाढी बढाईएको अनुगमन समिति संयोजक सापकोटाले बताए ।
सापकोटाको नेत्रित्वको संयुत्त बजार अनुगमन टोलिले भरतपुरको सिर्नजी रोडका केही खाद्य पसल मासु पसल र होटलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा भरतपुर महानगर १० दिपेन्द्र चोकमा समिघ श्रेष्ठले सन्चालन गरेको ईनर्जी फुड प्रालिमा प्याकिगं गरिएको ठुलो मात्रामा मासु तथा मासुजन्य उत्पादन बरामद गरेको हो । ५ र ६ महिना अगाढीनै म्याद सकिएका प्याकिग गरिएको वफ मम, इस्प्रिङ रोल, चकलेट मम, प्राउन, कुखुराको मासु लगाएतका मासुका उत्पादन फेला पारेर नस्ट गरेको थियो ।
सो पसलबाट धेरै मात्रामा म्याद सकिएको मासुका उत्पादन बरामद गरि नष्ठ गरिएको महानगरका अनुगमन समितिका संयोजक सापकोटाले बताए । उसलाई कसुरका आधारमा थप कारबार्ही हुने सापकोटा बताउछन् । त्यस्तै टोलिले लम्साल किराना स्टोर्समा लेवल नभएको स्वस्तिक ब्राण्डको चामल बिक्री गरेको भेटिएको र उसलाई पनि कानुनी दायरामा ल्याईने खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले बताए । टोलिले नेपाल मिट को पनि अनुगमन गरेको थियो भने अन्य केहि होटल र पसुलहरुको पनि अनुगमन गरेर खाद्य स्वच्छता कायम गर्न र साबधानी सहित ब्यापार गर्न निर्देशन दिएको हो ।
अनुगमनमा उद्योग बाणिज्य संघका तर्फबाट चेत नारायण सापकोटा, जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरिक्षक लेखनाथ सिग्देल, उपभोक्ता अधिकार संरक्षण मन्चबाट उपाध्यक्ष बिष्णु भुषाल, नगर प्रहरी प्रमुख मेघराज भट्राई, नगर प्रहरी असई कृष्ण प्रसाद सापकोटा ,राजश्व शाखा अधिकृत रोजी केशी, नगर प्रहरी लगाएत को सहभागिता रहेको थियो ।
अव बजार अनुगमन लाई निरन्तर अगाढी बढाउने बजार अनुगमन समिति संयोजक सापकोटाले बताए । पहिलो चरणमा सचेतना दिने र त्यसले पनि सुधार नभए कानुन बमोजिम कारबार्ही प्रक्रिया अगाढी बढाउने उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11