२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

अविरल वर्षाले चितवनको धानबालीमा ३० प्रतिशत क्षति

प्रकाशित मिति : २०७८ कार्तिक ४ गते

चितवन / धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुर्याएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ । कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ । काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन ।
कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ । भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा दुवै धानमा आधाभन्दा बढीमा क्षति पुगेको उनले जानकारी दिए ।
पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ । जसका कारण दुवै धानमा क्षति पुगेको अर्यालको भनाइ छ ।
उनको भनाइमा पानीमा डुबेको धानबाट राम्रो चामल, चिउरालगायत उत्पादन हुन सक्दैन । काट्न बाँकी र काटिएका धानको पराल काम लाग्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।
कार्यालयका प्रमुख युवराज पाण्डेले सबै पालिकामा स्थलगत निरीक्षण र दैनिक क्षतिको विवरण लिने काम भएको बताए । निरन्तरको वर्षाको कारण धानमा ठूलो क्षति भएको उनले जानकारी दिए । पानी निरन्तर परिरहेकाले थप क्षति हुनसक्ने आँकलन गरिएको पाण्डे बताउँछन् ।
विगतका वर्षहरुमा वर्षे धान थन्क्याउने समयमा मौसम राम्रो हुने भए पनि यस वर्ष पानी र हावाहुरीले यहाँको धान प्रभावित भएको उनको भनाइ छ ।
चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।
गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो ।
जिल्लामा विगत वर्षको आँकडालाई हेर्दा प्रतिहेक्टर ३.८ मेट्रिक टन उत्पादन हुने गरेको छ । चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरा मसिनाजस्ता प्रजातिका धान लगाइने गरिन्छ । रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11