२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा समयमा उपचार नपाउँदा मृगौला रोगीका विरामी प्रभावित

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते
Photo : Halkaro
- ADVERTISEMENT -

चितवन / मृगौला रोगका कारण प्रभावित भएकाहरुले सरकारी स्तरमासमयमा उपचार पाउन नसकेको गुनासो सरोकारहरुले गरेका छन् । उनीहरुले आइतबार एक कार्यक्रमका बीच निजी अस्पतालमा महंगो पर्ने र सरकारीमा लामो पालो कुर्नुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताएका हुन् ।
मृगौला पीडित सरोकार समाज, नेपाल जिल्ला शाखा चितवनले भरतपुर अस्पतालमा मृगौला रोग सचेतना कार्यक्रम आयोजना गरी गुनासो गरेका हुन् । अस्पतालमा उपचारका क्रममा पालो कुर्दा कुर्दै मृगौला पीडितहहरुले मृत्यु वरण गर्नु पर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
समाजका सल्लाहकार जीवनाथ पराजुलीले निजी अस्पतालमा मृगौलाको उपचार महंगो हुने र सरकारी अस्पतालमा पालो कुर्नु पर्ने बाध्यताका कारण बिरामीहरुले मृत्यु वरण गर्नु पर्ने समय आएको बताए । उनले भने, ‘सरकारीमा पालो पाइँदैन । निजी अस्पतालहरुले सरकारसँग सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रकृया सुरु नै गर्दैनन् ।’ साउन यता निजी अस्पतालहरुले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उनको भनाई छ । भरतपुर अस्पतालले निःशुल्क रुपमा मृगौला डायलासिस गर्दै आएको छ ।
निजी अस्पतालमा यो सेवा एक पटकमा रु १० हजारसम्म खर्च हुने भएकाले महंगो भएको नवलपुरका टिकाराम भट्टराईले बताए । विगत ९ वर्षदेखि छोरीको मृगौलाको डाइलासीस गराउँदै आउनु भएका भट्टराईले भरतपुर अस्पतालमा पालो नपाएपछि निजी अस्पतालमा महंगो शुल्क तिरेर उपचार गराउन बाध्य भएको बताए ।
निजी अस्पतालमा उपचारका क्रममा ठूलो रकम खर्च भएकाले सरकारी अस्पतालमा मृगौला प्रत्यारोपणको काम सुरु गर्नुपर्ने उनले बताए । बिरामीको चाप बढ्दै जाँदा उपचार पाउने सम्भावना कम हुँदै गएकाले सेवा बिस्तार गरेर भए पनि उपचार सेवा रोक्न नहुने उनको भनाई छ ।
बिरामीहरुले यहाँ उपचार नपाएर काठमाडौंसम्म जानु पर्ने बाध्यता रहेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । उपचारको समयमा रगतको अभाव हुनु, समयमा पालो नपाउने जस्ता कारणले बिरामीले दुःख पाउने गरेको उनीहरुको भनाई थियो ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालमा सम्भव भएसम्मका बिरामीलाई उपचार दिंदै आएको बताए । अस्पतालमै मृगौला प्रत्यारोपणको सुविधा दिन सके अझै राम्रो हुने बताउँदै उनले त्यसका लागि पहल गरिने बताए । उनले मृगौला रोग लाग्नबाट बच्न जनचेतना जगाउनु पर्नेमा जोड दिए ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा. कृष्ण पौडेलले अस्पतालमा अहिले १ सय १२ जना बिरामीको उपचार भइरहेको र ३० जना पालोको प्रतिक्षामा रहेको जानकारी दिए । कतिपय बिरामीका आफन्तले उपचार गर्न नसक्ने भन्दै घरमा लैजाने गरेको उनले बताए ।
यस अस्पतालमा वि.सं. २०७४ सालबाट यो सेवा सुरु भएको भए पनि ०७६ सालबाट मात्रै विशेषज्ञ सेवा दिन सकेको भन्दै उहाँले सेवा बिस्तार गर्दै अस्पतालको सि भवनमा २० शैयाका डायलासिस वार्ड बनाउने तयारीमा रहेको जानकारी दिए । अस्पतालमा १२ वटा डायलासिस मेसिन भए पनि अहिले ८ वटा मेसिनले मात्रै काम गरेको भन्दै उहाँले निकट भविश्यमानै दुईवटा मेसिन थप गर्ने तयारीमा अस्पताल रहेको जानकारी दिए ।
कार्यक्रममा अस्पतालका मृगौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले मानव जीवनमा खानपानमा ध्यान नदिँदा, उच्च रक्तचाप, मधुमेह र स्वास्थ्यमाथि हेलचक्र्याई गर्दा मुटुमा समस्या आउने गरेको बताए । एउटा मृगौलाले काम नगर्दा नै बिरामी हतोत्साहित हुने गरेको भन्दै उनले आत्तिहाल्नु नपर्ने बताए । उनले भने, ‘मानव शरीरमा भएका दुईवटा मृगौला मध्ये एउटाले काम गर्न नसक्दा आत्तिनु पर्ने हुँदैन ।’ बिरामीको चाप बढेसँगै सेवा दिन केही असहज भएको उनको भनाई थियो ।
प्रादेशीक रक्त सञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले डायलासिसका बिरामीको उपचार तालिका जानकारी नहुनु र उपचारका क्रममा क–कस्लाई कुन समयमा रगतको आवश्यक पर्ने हो भन्ने अग्रिम थाहा नहुँदा रगतको समस्या आएको बताए । डायलासिसका बिरामीहरुलाई अहिलेसम्म रगतको ठूलो समस्या नपरेको भए पनि जिल्लामा रगतको अभावका हुँदा कहिलेकाही समस्या आउन सक्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04