चितवन / चितवनको विभिन्न मेला महोत्सव तथा भीडभाडमा चोरी गर्ने सात जना भारतीय नागरिक पक्राउ परेको छ । पक्राउ परेका ७ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा भारत गोरखपुरका २५ वर्षीया प्रियाङका देवी, २० वर्षीया अतिम्मा देवी, २५ वर्षीया पायल देवी, १८ वर्षीया नितु देवी, ३५ वर्षीया शिल देवी, ४० वर्षीया मञ्जु देवी र १८ वर्षीया आरोही भारती रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यही माघ १ गते दिउँसो १२ः३० बजे शहीदचोकको फुटपाथमा सामान किनमेल गरिरहेको समयमा भरतपुर महानगरपालिका–१० का वसन्त गिरी र सीता गिरीको झोलामा रहेको रु छ हजार नगद र दुईवटा औँठी उनीहरुले चोरी गरेका थिए । ती औँठी रु ९४ हजार बराबरको रहेको बताइएको छ ।
उनीहरुले गिरी दम्पतीलाई घेरा हाली झोला समात्ने, अन्य कुरा गरी ध्यान भड्काउनेजस्ता क्रियाकलाप गर्ने गरेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनीहरुको साथबाट दुई थान सुनको आँैठी, रु छ हजार नगद र दुई थान एटिएम बरामद गरिएको उनले बताए ।
सोही समूहले त्यसै दिन भरतपुर महानगरपालिका–५ कल्याणपुरकी ७४ वर्षीया चन्द्रमायाँ श्रेष्ठको रु दुई लाख बराबरको सुनको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई चोरी मुद्दामा चितवन जिल्ला अदालतबाट समय थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए । अधिकारीले भीडभाडमा यस्ता प्रकृतिका मानिस देखिएमा सजग भई प्रहरीलाई खबर गर्नसमेत सबैमा अनुरोध गरेका छन् ।
- ADVERTISEMENT -

चोरीमा संलग्न सात भारतीय महिला पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













