चितवन / नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । पक्राउ परेका वास्तोला तरुण दल चितवनका प्रवक्ता समेत हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए । तिनै जना २४ गते मंगलबार पक्राउ परेका हुन् ।
मृतकका परिवारको किटानी जाहेरीपछि जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति लिई तीन जनालाई पक्राउ गरिएको उनले बताए । हत्यामा संलग्न अन्यको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ मितिबाट लागू हुने गरी म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान अघि बढाईएको डिएसपी अधिकारीले बताए ।
भरतपुरमा १२ मिलनचोक निवासी परियारको गत बैशाख २५ गते साँझ ७ः३० बजे हत्या भएको थियो । भरतपुर महानगरपलिका कृष्णपुर स्थित पञ्चेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा मोटरसाईकलमा आएका व्यक्तिहरूले चक्कु प्रहार गरेर उनको हत्या गरेका थिए ।
यसैबीच, तरुण दल चितवनले घटनामा संलग्नताको आशंकामा प्रहरीले प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरेको आपत्ति प्रकट गरेको छ । तरुण दल चितवनका प्रवक्ता समेत रहेका वास्तोला पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै छानबिनको नाममा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ती दिन खोजिएको तरुण दलको आरोप छ ।
‘घटनामा संलग्नताको आशंकामा प्रहरीले तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरी हिरासतमा राखेको बिषय प्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ । घटनाको सत्य तथ्य छानबिन गरी पीडितमाथि न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दायित्व हो । तर छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषिले उन्मुक्ती पाउने कदापी हुनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई जबरजस्ती दोषी बनाउन खोजिए चरणवद्ध आन्दोलन गर्न वाध्य हुने तरुण दलले चेतावनी दिएको छ । ‘घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जबरजस्ती दोषी मुकरण गर्ने कार्य भएमा तरुम चितवन चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न वाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । यसबाट उत्पन्न हुने घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
परियार हत्या प्रकरण : तीन जना पक्राउ
June 10, 2022

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
