चितवन / नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को हत्या प्रकरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ का ३५ वर्षीय हेमन्त बास्तोला (विश्व), भरतपुर १२ का २३ वर्षीय राहुल परियार र माडी घर भई हाल भरतपुर १५ मा बस्दै आएका रोहित सिलवाल रहेका छन् । पक्राउ परेका वास्तोला तरुण दल चितवनका प्रवक्ता समेत हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार वास्तोलालाई काठमाडौंबाट पक्राउ गरिएको हो । अन्य दुई जना चितवनबाटै पक्राउ परेको डिएसपी अधिकारीले जानकारी दिए । तिनै जना २४ गते मंगलबार पक्राउ परेका हुन् ।
मृतकका परिवारको किटानी जाहेरीपछि जिल्ला अदालत चितवनबाट पक्राउ अनुमति लिई तीन जनालाई पक्राउ गरिएको उनले बताए । हत्यामा संलग्न अन्यको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई पक्राउ मितिबाट लागू हुने गरी म्याद थप अनुमति लिई हिरासतमा राखेर अनुसन्धान अघि बढाईएको डिएसपी अधिकारीले बताए ।
भरतपुरमा १२ मिलनचोक निवासी परियारको गत बैशाख २५ गते साँझ ७ः३० बजे हत्या भएको थियो । भरतपुर महानगरपलिका कृष्णपुर स्थित पञ्चेश्वर नगर प्लटिङ्गको भित्री पक्की पिच सडकमा मोटरसाईकलमा आएका व्यक्तिहरूले चक्कु प्रहार गरेर उनको हत्या गरेका थिए ।
यसैबीच, तरुण दल चितवनले घटनामा संलग्नताको आशंकामा प्रहरीले प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरेको आपत्ति प्रकट गरेको छ । तरुण दल चितवनका प्रवक्ता समेत रहेका वास्तोला पक्राउ परेपछि विज्ञप्ति जारी गर्दै छानबिनको नाममा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ती दिन खोजिएको तरुण दलको आरोप छ ।
‘घटनामा संलग्नताको आशंकामा प्रहरीले तरुण दल चितवनका प्रवक्ता हेमन्त वास्तोला (विश्व) लाई पक्राउ गरी हिरासतमा राखेको बिषय प्रति हाम्रो संगठन घोर आपत्ति प्रकट गर्दछ । घटनाको सत्य तथ्य छानबिन गरी पीडितमाथि न्याय दिने कार्य राज्य र प्रहरी प्रशासनको दायित्व हो । तर छानबिनको नाममा निर्दोष व्यक्ति फस्ने र दोषिले उन्मुक्ती पाउने कदापी हुनु हुँदैन’, विज्ञप्तिमा भनिएको छ ।
घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई जबरजस्ती दोषी बनाउन खोजिए चरणवद्ध आन्दोलन गर्न वाध्य हुने तरुण दलले चेतावनी दिएको छ । ‘घटनालाई तोडमोड गर्ने र राजनीतिक आग्रह पूर्वाग्रहका आधारमा हिरासतमा लिएको व्यक्तिलाई मानसिक तनाव दिने र जबरजस्ती दोषी मुकरण गर्ने कार्य भएमा तरुम चितवन चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न वाध्य हुनेछ’, विज्ञप्तिमा भनिएको छ । यसबाट उत्पन्न हुने घटनाको जिम्मेवारी प्रशासनले लिनुपर्ने विज्ञप्तिमा भनिएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

परियार हत्या प्रकरण : तीन जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.04
152.64

European Euro
1
175.74
176.43

UK Pound Sterling
1
205.13
205.94

Swiss Franc
1
188.16
188.90

Australian Dollar
1
107.46
107.89

Canadian Dollar
1
109.06
109.49

Singapore Dollar
1
118.93
119.40

Japanese Yen
10
9.63
9.67

Chinese Yuan
1
22.53
22.62

Saudi Arabian Riyal
1
40.49
40.65

Qatari Riyal
1
41.74
41.90

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.39
41.56

Malaysian Ringgit
1
37.16
37.31

South Korean Won
100
10.80
10.84

Swedish Kroner
1
16.05
16.11

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.38
19.46

Kuwaity Dinar
1
495.08
497.04

Bahrain Dinar
1
403.24
404.83

Omani Rial
1
394.89
396.45














