२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

१२ वर्षपछि फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०७९ असार २८ गते
File Photo.
- ADVERTISEMENT -

काठमाडौं / प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीले कास्कीको पोखरा उपमहानगरपालिका–४ घर भई वडा नम्वर–१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, मिजारले २०६४ साल कात्तिक १९ मा मादक पदार्थ सेवन गरेका थिए । सोही क्रममा विवाद हुँदा मिजारले रवीन्द्रकुमार मल्ललाई काठमाडौं महानगरपालिका–२९ गोंगबु मित्रनगर सडकखण्डमा मल्ललाई बाँसको भाटा, लात्ती, मुक्का प्रहार गरेका थिए ।
घाइते मल्लको उपचारको क्रममा मृत्यु भएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । महतोका अनुसार, कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनबाट मल्ललाई १० वर्ष कैद फैसला सुनाएको थियो । फैसलापछि उनी फरार थिए ।
प्रहरीले मिजारलाई शनिबार पोखरा उपमहानगरपालिका–३० पावरहाउसबाट पक्राउ गरेको हो । मिजारलाई फैसला कार्यान्वयनको सोमबार कास्की जिल्ला अदालतमा पेस गरेको जनाइएको छ ।

- ADVERTISEMENT -