धनगढी / स्रोत नखुलेको भारतीय रकमसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको केन्द्रीय ब्युरोको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलबाट १७ लाख ६६ हजार ७ सय ७० भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेका हुन् ।
आज (शनिबार) बिहान साढे ५ बजेको समयमा उक्त रकमसहित धनगढी उपमहानगरपालिका–१ शान्तिटोलका १७ वर्षीय विबेक चन्द र सोही ठाउँका १८ वर्षीय सरोज धामीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीले जनाएको छ ।
- ADVERTISEMENT -

यस बारेमा थप अनुसन्धान भैरहेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिए ।

















































