२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026
२०८३ जेष्ठ २८, बिहीबार
June 11, 2026 Thursday
- ADVERTISEMENT -

चितवन गोल्डकप आजबाट सुरु, बिएफसीको सुखद विजयी सुरुवात

प्रकाशित मिति : २०७९ भाद्र २५ गते

चितवन / क्याम्पाचौरमा शुभारम्भ भएको इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भरतपुर फुटबल क्लब (बिएफसी) फराकिलो गोल अन्तरले विजयी बनेको छ । बिएफसीले भारतको मोतिहारी एफसीलाई ९–० को फराकिलो अन्तरले शनिबार पराजित गरेको हो ।
बिएफसीको जितमा राज भुसालले दोस्रो ह्याट्रिक गरे भने रन्जित आले मगरले २ तथा रोशन क्षेत्रीले एक गोल गरे । एकतर्फी खेलको १६ औं मिनेटमा रन्जितको गोलमा बिएफसीले अग्रता लियो । वान भर्सेस वानमा उनले मोतिहारीका गोलरक्षक मोहम्मद आयानलाई बिट गर्दै सुन्दर गोल गरे । २८ औं मिनेटमा राजले बिएफसीको अग्रता दोब्बर बनाए ।
३३ औं मिनेटमा रन्जितले व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले ३-० को अग्रता लियो । ३८ औं मिनेटमा राजले बिएफसीका लागि चौथो गोल गरे । पहिलो हाफको अतिरिक्त समयमा राजले ह्याट्रिक पूरा गरेपछि बिएफसीले ५-० को अग्रता लियो । दोस्रो हाफको दोस्रो मिनेटमा राजले व्यक्तिगत चौथो गोल गर्दै बिएफसीको अग्रता लम्बाए ।
दोस्रो हाफको १७ औं मिनेटमा राजको गोलमा बिएससीले ७-० को अग्रता बनायो । २३ औं मिनेटमा रोशन क्षेत्रीले गोल गर्दै बिएफसीको अग्रता ८-० मा पुराए । दोस्रो हाफको २५ औं राजले दोहोरो ह्याट्रिक गरेपछि बिएफसी ९-० ले विजयी भयो । बिएफसीका राज म्यान अफ दि म्याच चुनिए। उनले नगद दश हजार प्राप्त गरे । गोल्डकपमा भोलि नव जन जागृति युवा क्लब सिमरा र मकवानपुर ११ भिड्नेछन् ।
खेल दिउँसो ४ बजे सुरु हुनेछ । भरतपुर फुटबल क्लबको आयोजनामा सुरु भएको गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । गोल्डकप विजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.13
152.73
European Euro
1
175.61
176.30
UK Pound Sterling
1
203.62
204.42
Swiss Franc
1
190.45
191.20
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
109.21
109.64
Singapore Dollar
1
118.11
118.57
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.44
22.53
Saudi Arabian Riyal
1
40.53
40.69
Qatari Riyal
1
41.73
41.89
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.42
41.58
Malaysian Ringgit
1
37.38
37.53
South Korean Won
100
9.98
10.02
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.41
19.49
Kuwaity Dinar
1
495.13
497.09
Bahrain Dinar
1
403.45
405.04
Omani Rial
1
395.12
396.68