२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026
२०८३ जेष्ठ २६, मंगलवार
June 9, 2026 Tuesday
- ADVERTISEMENT -

इसुजु चितवन गोल्डकप : बिएफसीलाई हराउँदै एपिएफ सेमिफाइनलमा

प्रकाशित मिति : २०७९ भाद्र ३० गते

चितवन / क्याम्पाचौरमा जारी इसुजु चितवन गोल्डकपको सेमिफाइनलमा सशस्त्र प्रहरी बल (एपिएफ) एफसी प्रवेश गरेको छ । केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) विरुद्ध रोमाञ्चक जित हात पार्दै एपीएफ बुधबार सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले बिएफसीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा हरि कार्कीले दुई गोल गरे । एपिएफले अर्को एक उपहार गोल पायो । बिएफसीका कमल थापा र राज भुसालले गोल गरे । खेलको १० औं मिनेटमा हरिको गोलबाट एपिएफले अग्रता लियो ।

- ADVERTISEMENT -

Advertisement

एक गोलले पछि परेको बिएफसीले पहिलो हाफको अतिरिक्त समयमा कमब्याक ग¥यो । पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा कमलले बराबरी गोल फर्काए । लगत्तै अतिरिक्त समयको तेस्रो मिनेटमा राजले गोल गर्दै ए डिभिजन क्लबविरुद्ध बिएफसीलाई अग्रता दिलाए ।

बिएफसीको कमब्याकपछि खेल निकै रोमाञ्चक बन्यो । दोस्रो हाफमा दुबै टिमले गोलको अवसर सृजना गर्ने प्रयास गरे । ४९ औं मिनेटमा एपिएफ बराबरी गोल फर्काउन सफल भयो । उसका लागि हरि कार्कीले गोल गरे ।

- ADVERTISEMENT -

Advertisement

६९ औं मिनेटमा एपिएफ भाग्यमानी साबित भयो । बिएफसीका कुलदीप कार्कीले आत्माघाती गोल गरे । बल क्लियर गर्न खोज्दा उनले आफ्नै पोष्टमा गोल गरेपछि एपिएफ ३–२ ले विजयी भयो । एपिएफका हरि म्यान अफ दि म्याच चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । यो जितसँगै सेमिफाइनलमा स्थान बनाएको एपिएफले फाइनल प्रवेशका लागि मनाङ एफसीको सामना गर्नेछ ।

मनाङ बागमती नगरपालिका सर्लाहीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । आज बिहीबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

अन्तिम क्वाटरफाइनल खेलमा दिउँसो ४ बजे त्रिभुवन आर्मी फुटबल क्लब र नव जनजागृती युवा क्लब भिड्नेछन् । असोज ३ गतेसम्म चल्ने गोल्डकप विजेताले सात लाख तथा उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.84
153.44
European Euro
1
176.39
177.09
UK Pound Sterling
1
204.26
205.06
Swiss Franc
1
192.00
192.75
Australian Dollar
1
108.12
108.54
Canadian Dollar
1
109.70
110.13
Singapore Dollar
1
118.72
119.18
Japanese Yen
10
9.55
9.59
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.23
16.29
Danish Kroner
1
23.60
23.69
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.45
499.40
Bahrain Dinar
1
405.30
406.89
Omani Rial
1
396.97
398.52