२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

सन्दीप लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस आज

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज (बुधबार) थुनछेक बहस सुरु हुने भएको छ । मंगलबार बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि थुनछेक बहस हुने भएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।
उनीविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।
सन्दीपमाथि गत भदौ ५ गते राति तिलगंगाको एक होटलमा लगेर १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप छ । पीडितको पक्षबाट भदौ २१ गते गौशाला प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीको आधार प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।

- ADVERTISEMENT -