काठमाडौं / नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको दुर्लभ हिउँ चितुवाको तस्बिर नक्कली भएको पुष्टि भएसँगै अमेरिकी कितिया पावलोव्स्कीले आफ्नो सामाजिक सञ्जाल निष्क्रिय गरेकी छिन् ।
समाचार प्रकाशित भएको केही घण्टामा नै कितियाले आफ्नो फेसबुक र ईन्स्टाग्राम अकाउन्ट दुवै निष्क्रिय गरेकी हुन् ।
विश्व चर्चित मानिएको ‘अल्पाइन म्यागाजिन’ ले अनुसन्धानपश्चात् शुक्रवार उक्त तस्बिरहरू नक्कली भएको समाचार प्रकाशित गरेको थियो ।
म्यागाजिनले अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्की नै नक्कली भएको अनुमान गरेको छ भने उनको ईन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरूको जोडजाड भएकोसमेत उल्लेख गरेको छ ।
नेपाल आएर कितियाले खिचेको भनिएको हिउँ चितुवाको तीन दुर्लभ तस्बिरहरूले पोष्ट भएको केही समय देखि नै सामाजिक सञ्जाल तताएको थियो ।
उनको कला र समर्पणको खुबै तारिफ भएको थियो। तर अनुसन्धानको क्रममा भने कितियाले खिचेको सो तस्बिर नक्कली पुष्टि भएको हो ।
हिउँ चितुवाको तस्बिर नक्कली पुष्टि लगत्तै कितियाद्वारा सामाजिक सञ्जाल बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
