सिराहा / सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको छ । करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको संख्या बढ्न थालेका हुन् । चिसोले गर्दा मानिसहरु बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरु बताउँछन् । अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय तहहरुले विद्यालयमा पनि बिदा दिन थालेका छन् ।
जिल्लाको मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतका पालिकाले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका हुन् । शीतलहरका कारण सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रबारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिएको छ ।
उनले‘ चिसोले बालबालिकाहरुको नियमित पठनपाठनमा हुने असहजतालाई मध्यनजर गरी विद्यालय बन्द गरिएको बताए । दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरुले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताए । जिल्लाका अधिकांश पालिकाहरुले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्। सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ ।
चिसोले खास गरेर विद्यालयका बालबालिका, जेष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजानिक सवारीसाधनसमेत प्रभावित भएका छन् । चिसोबाट जोगिन अति आवश्यकबाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसधानमा यात्रुहरुको संख्या अत्यन्त न्यून देखिन थालेका छन् । तराई मधेसका जिल्लाहरुमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ ।
सिरहाका गाउँघरहरुमा शीतलहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ । गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन् । चिसोले गर्दा बालबालिकासँगै वृद्धवृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन् ।
- ADVERTISEMENT -

शीतलहरले जनजीवन कष्टकर, अस्पतालमा बिरामीको चाप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68












