२०८३ श्रावण २७, बुधबार
August 12, 2026
२०८३ श्रावण २७, बुधबार
August 12, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नक्कली सर्टिफिकेट पेश गरी भिमोदय माविमा २५ वर्षसम्म अध्यापन

प्रकाशित मिति : २०७९ माघ २२ गते
Photo : Kalikadainik

अपवाद मध्येका एक ‘दुर्लभ’ गुरु हुन् जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ५ स्थित श्री भिमोदय नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि प्रसाद कडेल । जसले प्लटुदेखि स्नातकसम्मको किर्ते शैक्षिक प्रमाणपत्र लिए । अध्ययन पुरा नगरी नामको अगाडी डा.लेखेर प्रचार गराए ।

आफूलाई नमुना ‘गुरु’को रुपमा प्रचार गराएका कडेल जसले भिमोदय नमुना माध्यमिक विद्यालयमा २०५५ माघ १० गते अस्थायी नियुक्ति लिए । २०६३ भदौ २५ गते स्थायी नियुक्ति लिए । त्यस यता उनले निन्तर उक्त माविमा पढाउँदै आएका छन् । तर उनै कडेलले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर खुलासा भने करिब २५ वर्षपछि मात्रै भएको छ ।

- ADVERTISEMENT -

Advertisement

बुधबार (१८ माघ २०७९) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेपछि उनी नक्कली गुरु भएको खुलासा भएको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार कडेल (नि.मा.वि. स्थायी शिक्षक) आइ.एस.सी र विए तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा नियुक्त भएका हुन् ।

भण्डारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्री भिमोदय नमुना माध्यमिक विद्यालय, कालिका चितवनका प्रधानाध्यापक हरि प्रसाद कडेलले नि.मा.वि. तृतीय तहमा भिमोदय माध्यमिक विद्यालय, चितवनमा स्थायी नियुक्त हुँदा विरेन्द्र क्याम्पस चितवनबाट आइ.एस.सी. उत्तीर्ण गरेको भनी उल्लेख गरी त्रिभुवन विश्वविद्यालयबाट प्रविणता प्रमाणपत्र (विज्ञान) उत्तीर्ण भएको तथा छत्रपति साहु जी महाराज विश्वविद्यालय, कानपुर, भारतबाट स्नातक तह (विए) उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी भिमोदय माध्यमिक विद्यालय चितवनमा शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको ।’

कडेलको किर्ते यात्रा

कडेल शिक्षक मात्रै होइनन् शिक्षकहरुको नेता पनि हुन् । निकट नेपाल शिक्षक संघ चितवनको अध्यक्ष समेत रहेका कडेलले लामो समयदेखि नामको अघि डा.लेखाउँदै आएका थिए ।

अख्तियारका अनुसार उनले प्रस्तुत गरेको प्रविणता प्रमाणपत्र तह (विज्ञान)को शैक्षिक प्रमाणपत्रको अभिलेख त्रिभुवन विश्वविद्यालयमा उपलब्ध छैन । अर्थात् उनको नक्कली शैक्षिक प्रमाणपत्र हो ।

अख्तियारका अनुसार कडेलले छत्रपति शाहू जी महराज विश्वविद्यालय कानपुर भारतबाट स्नातक तह (मानविकी) पाश गरेको शैक्षिक प्रमाण पेश गरेका थिए । तर उक्त विश्वविद्यालयको रेकर्डमा उनी विद्यार्थी भएको अभिलेख नै छैन । आयोगका अनुसार उनको अभिलेख माग्दा त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रलाई उक्त विश्वविद्यालयले भनेको छ, ‘नट जेनुईन’ ।


यसै गरी कडेलले नियुक्तिको क्रममा भारतको मगध विश्विद्याय बोधगया बिहारबाट बिए पाश गरेको शैक्षिक प्रमाणपत्र पेश गरेका छन् । तर उक्त विश्विद्यालयले उक्त प्रमाणपत्र जारी नभएको जनाएको छ ।


अख्यिारका अनुसार कडेलले वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाट २०५१ सालमा प्रविणता प्रमाणपत्र तह (विज्ञान) प्रथम वर्ष र २०५२ सालमा द्वितीय वर्षको परीक्षामा सम्मिलित भएका थिए । तर उनी वीरेन्द्र बहुमुखी क्याम्पस, चितवनबाटको रेकर्ड अनुसार अनुतिर्ण भएको देखिन्छ ।

कडेलले सोही समयमा स्टेट वोर्ड अफ तमिलनाडुम प्ल टु तह अध्ययन गरेर उक्त तहको शैक्षिक प्रमाणपत्र पेश बनाएका छन । आयोगका प्रवक्ता भन्छन्, ‘सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनुपर्ने +२ तहको विज्ञान विषयलाई एकै समयमा दुई फरक मुलुकका विद्यालयमा उपस्थित भई अध्ययन गर्न सम्भव देखिदैन ।’

कडेलले कहाँ कहाँ किर्ते गरे ?

कडेलले सिंघानिया विश्वविद्यालय भारतबाट पि.एच.डी. गरीरहेका दाबी गरेका छन् । तर सिंघानिया विश्वविद्यालयको रेकर्डमा उनले पिएचडी अध्ययन पुरा गरेको रेकर्ड छैन । तर उनले नामको अगाडी डा.लेख्दै आएका छन् । –नयाँ पेज डटकमबाट 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39