January 15, 2025
- ADVERTISEMENT -

तामाङ पत्रकार संघ चितवनको चिनारी

February 26, 2023

–बबिलाल तामाङ
मिडियामा पछिल्लो समय तामाङ पत्रकारहरुको सक्रियता बढ्दै गएको छ । चितवनको पछिल्लो अवस्थाअनुसार नेपाल पत्रकार महासंघ चितवन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनमा तामाङ पत्रकारहरुको उपस्थिति राम्रै भएको मान्न सकिन्छ । जसअनुसार हाल पत्रकार महासंघमा तीन जना र फोनिजमा दुई जना तामाङ पत्रकारहरु कार्यसमितिमा आवद्ध छन् ।
तामाङ पत्रकारहरु संगठित भएको एक दशक मात्र भएको छ । विसं २०७० साल माघ २५ गते ‘तामाङ पत्रकार समूह’ जिल्ला शाखा चितवन गठन भएको हो । विभिन्न मिडियामा आबद्ध तामाङ पत्रकारहरु छरिएर रहेको भए पनि सो समयमा एकजुट भएको हो ।
उर्गेन तामाङको नेतृत्व :
पहिलोपटक गठन भएको समूहमा उर्गेन तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति बन्यो । यसैगरी उपाध्यक्षमा सरस्वती लामा, सचिवमा ज्ञानेन्द्र तामाङ, सह–सचिवमा निरा तामाङ, कोषाध्यक्षमा बबिलाल तामाङ र सदस्यहरुमा प्रीति तामाङ, कोपिला तामाङ, सुनिता लामा, दीपेन्द्र थिङ, सञ्जय तामाङ, रविन तामाङ, चाहत सिङ्तन, अनुपा तामाङ चयन भएका थिए । सल्लाहकारहरुमा मोहन रुम्बा, दाबा दोर्जे लामा, इमानसिंह लामा, मोहन स्याङ्बो, गंगा तामाङ रहेका थिए ।
तामाङ पत्रकारहरु संगठित भएलगत्तै क्यालेन्डर प्रकाशन, निजी तथा सामुदायिक विद्यालयमा तामाङ समुदायबाट उत्कृष्ट विद्यार्थी दुई जनालाई सम्मान, तामाङ प्रसारण दिवस, स्थापना दिवस, पत्रकारहरुबीच मैत्रीपूर्ण फुटबल, मिडियाका पत्रकारहरुसँग अन्तक्र्रिया, सिनेमा च्यारिटी शोलगायतको गतिविधिहरु पस्कँदै आएको छ । यी विभिन्न गतिविधिहरुले गर्दा छोटो समयमा तामाङ पत्रकार समूहले चितवनमा राम्रै परिचय बनाउन सफल भएको छ । तामाङ पत्रकारहरुको जिल्लाको गतिविधिले तामाङ पत्रकार संघ केन्द्रमा पनि चर्चा पाउन थालेको छ ।
ज्ञानेन्द्र तामाङको नेतृत्व :
विसं २०७४ साल चैत्र १० गते तामाङ पत्रकारहरुको काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट यसअघिको तामाङ पत्रकार समूहलाई संशोधन गरी ‘तामाङ पत्रकार संघ’ कायम गरिएको हो । यता जिल्लामा पनि दोस्रो अधिवेशन चैत्र ४ गते सम्पन्न भइसकेको थियो । सोअनुरुप संघको अध्यक्षमा ज्ञानेन्द्र तामाङ सर्वसम्मत चयन भएका थिए । दोस्रो अधिवेशनले नौ सदस्यीय कार्यसमिति चयन गरेको थियो । कार्यसमितिको उपाध्यक्षमा बबिलाल तामाङ, सचिवमा राजेश रुम्बा तामाङ, कोषाध्यक्षमा नीरा तामाङ र सदस्यहरुमा प्रकाश तामाङ, अनुपा तामाङ, सुनिता तामाङ, संजय तामाङ, सन्तोष तामाङ निर्वाचित भएका हुन् भने पहिलोपटक जिल्लाबाट केन्द्रीय सदस्यमा उर्गेन तामाङ छानिएका थिए ।
अध्यक्ष ज्ञानेन्द्र तामाङको दोस्रो कार्यकालमा पनि संस्थागत गतिविधिलाई निरन्तरता दिन सफल भएको पाइएको छ । विभिन्न समयमा च्यारिटी शो, तामाङ प्रसारण दिवस, स्थापना दिवस, क्यालेन्डर विमोचनलगायतका कार्यक्रमहरु भइरहेका छन् । कोरोना महामारीको विषम परिस्थितिमा पनि स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरी संघले आफ्ना गतिविधिहरुलाई निरन्तरता दिँदै आएको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण २०७७ सालमा सम्पन्न गर्नुपर्ने तेस्रो अधिवेशन स्थगित नै भयो । करिब दुई वर्ष कोरोना कहरले नेपालसँगै विश्व नै आक्रान्त बनायो । कोरोनाका कारण जिल्लादेखि केन्द्रसम्मका तामाङ पत्रकारहरुको अधिवेशन तथा महाधिवेशन प्रभावित बन्यो । जसकारण तामाङ पत्रकार संघ केन्द्रबाटै जिल्लाहरुको अधिवेशनलाई पछाडि लैजान सर्कुलर भयो । अन्ततः समयसीमाभन्दा एक वर्ष ढिलो अधिवेशन हुन पुग्यो ।
बबिलाल तामाङको नेतृत्व :
विसं २०७८ साल कार्तिक १५ गते तामाङ पत्रकार संघ चितवनको तेस्रो अधिवेशन भण्डारामा सम्पन्न भयो  । तेस्रो अधिवेशनबाट बबिलाल तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा सुनिता तामाङ, सचिवमा प्रकाश तामाङ, कोषाध्यक्षमा प्रतिमा तामाङ, सहसचिवमा सन्तोष तामाङ र सदस्यहरुमा प्रमिला तामाङ, सुरेश तामाङ, सन्जय तामाङ, युवक तामाङ, सीमा तामाङ, सविन तामाङ निर्वाचित भएका हुन् ।
संघको कार्यविधिअन्तर्गत पहिलोपटक नै ‘तामाङ पत्रकारिता चितवन’ स्मारिका प्रकाशन गर्न सफल भएको छ । स्मारिका प्रकाशनले संस्थागत प्रशंसा बटुलेको छ भने थप हौसला र सफलता प्राप्त भएको छ । स्मारिका प्रकाशन पछिल्लो एक दशकयता यो नै पहिलो हो ।
असामान्य परिस्थिति र प्रतिकुल समय जेसुकै भए पनि सक्रियतालाई अटुट राख्दै तामाङ पत्रकार संघ निरन्तर अघि बढ्दै गएको छ । तामाङ पत्रकारहरुले विशेषगरी तामाङ समुदायको भाषा, रीतिरिवाज र संस्कृति जगेर्नाको विषयलाई विशेष प्राथमिकता साथ कलम चलाउँदै आएको जगजाहेर नै छ ।
नियमित वार्षिक कार्ययोजनाअन्तर्गत २०७९ को क्यालेन्डर प्रकाशनमा ल्याएको छ । भदौ १ गते तामाङ प्रसारण दिवसको अवसरमा भरतपुर–७, नारायणपुरस्थित उग्र्यान नोर्वु छोयलिङ गुम्बा परिसरमा अवस्थित लामा पाठशालामा दुई महिनालाई पुग्ने खाद्य सामग्री हस्तान्तरण गरिएको थियो । यस्तै, मंसिर २१ गते संघको स्थापना दिवसको अवसर पारेर भरतपुरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो ।
भावी कार्ययोजना :
तामाङ समुदायको भाषा जगेर्नाका लागि निकट भविष्यमा तामाङ भाषा प्रशिक्षण कार्यक्रम ल्याउँदै छ । जसअन्तर्गत युवायुवती र वृद्धवृद्धालगायत सबैलाई समेट्ने लक्ष्य लिएको छ । तामाङ भाषा प्रशिक्षणले तामाङ समुदाय र समाजप्रतिको दायित्व र जिम्मेवारीको भूमिका अहम् हुने विश्वास संघले गरेको छ । यस्तै संघको ‘कोष स्थापना’लाई पनि महŒवपूर्ण कार्यक्रमअन्तर्गत नै राखिएको छ । ‘कोष स्थापना’पश्चात सामाजिक गतिविधिमा लगानी गर्ने लक्ष्य लिएको छ । विपन्न वर्ग, वृद्धवृद्धा तथा असहायहरुलाई सहयोग सँगसँगै पत्रकार हकहितको लागि खर्चिने योजना रहेको छ ।
अन्त्यमा,
नेपालमा ‘तामाङ पत्रकार संघ बागमती प्रदेश’ र ‘तामाङ पत्रकार संघ प्रदेश नं. १’ गठन भएका छन् भने विदेशमा ‘तामाङ पत्रकार संघ प्रवास समिति दक्षिण कोरिया’ गठन भएको छ । देशैभर २२ वटा जिल्ला समिति र करिब ४ सय तामाङ पत्रकारहरु मिडियामा आवद्ध छन् । चितवन जिल्लामा भने हाल विभिन्न मिडियामा गरी २७ जना श्रमजीवी पत्रकारहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -