काठमाडौं / नेपाल प्रहरीले लागूऔषधसहित विभिन्न जिल्लाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सा, कैलाली, दाङ र सर्लाहीबाट एक÷एक जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय एम्पुल, डाईजेल्याब १ हजार ४ सय एम्पुल र नुर्फिन १ हजार ४ सय एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही महानगरपालिका–१६ बस्ने २५ वर्षीय बब्लु पाठक रहेका छन् । उनलाई सोमबार राति वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.१ ज २०३७ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा गाडीको ईन्जिन माथिको बर्नटको दुबैपट्टीको भागमा कालो प्लाष्टिकमा १४ पोका बनाई लुकाई छिपाइ ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक पाठकलाई पक्राउ गरेको हो । उनी उपर लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ तिल्के तालबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्राम ७ सय ४० मिलिग्रामसहित कंचनपुर शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४९ वर्षीय जयराज भट्टलाई मंगलबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका–८, बुद्धचोक बस्ने २० वर्षीय उमेश घलेलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
त्यस्तै, प्रहरीले दाङको दगीशरण गाउँपालिका–३, हेकुलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३७ वर्षीय श्रृखल पौडेललाई मंगलबार राति पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, सर्लाहीको मलंगवा नगरपालिका–८ झिलमिलियाबाट अवैध लागूऔषध गाँजा २० केजी मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले झोला फाली फरार भए पश्चात प्रहरीले झोला तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो ।
यी सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
- ADVERTISEMENT -

विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.13
152.73

European Euro
1
175.61
176.30

UK Pound Sterling
1
203.62
204.42

Swiss Franc
1
190.45
191.20

Australian Dollar
1
106.55
106.97

Canadian Dollar
1
109.21
109.64

Singapore Dollar
1
118.11
118.57

Japanese Yen
10
9.48
9.52

Chinese Yuan
1
22.44
22.53

Saudi Arabian Riyal
1
40.53
40.69

Qatari Riyal
1
41.73
41.89

Thai Baht
1
4.62
4.64

UAE Dirham
1
41.42
41.58

Malaysian Ringgit
1
37.38
37.53

South Korean Won
100
9.98
10.02

Swedish Kroner
1
16.02
16.08

Danish Kroner
1
23.49
23.59

Hong Kong Dollar
1
19.41
19.49

Kuwaity Dinar
1
495.13
497.09

Bahrain Dinar
1
403.45
405.04

Omani Rial
1
395.12
396.68














