२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

कोशीका पूर्वमन्त्रीद्वारा सरकारी निवास र गाडी फिर्ता गर्न आलटाल

प्रकाशित मिति : २०८१ असार २१ गते

विराटनगर / कोशी प्रदेशका पूर्वउद्योग कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीले सरकारी निवास र तीन वटा सवारीसाधन फिर्ता गर्न आलटाल गरेका छन् ।

पदमुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि खत्रीले सरकारी निवास र गाडी फिर्ता नगरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

खत्री २६ वैशाखमा पदमुक्त भएका थिए । पदमुक्त भएपछि मन्त्री चढ्ने गाडी फिर्ता गरेका उनले को १ झ ६४७ नम्बरको सरकारी गाडी र दुई वटा मोटरसाइकल फिर्ता गरेका छैनन् ।

मन्त्रालयका अनुसार खत्रीले भाडाको सरकारी निवास पनि फिर्ता गरेका छैनन् । मन्त्रीको निवासका लागि खत्रीले नै पुष्पलाल चोक नजिकै भाडामा घर खोजेका थिए । सो घरमा खत्री बस्छन्, भाडा मन्त्रालयले तिरिरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

मन्त्रालयका सचिव डा. लेखराज दाहालले क्वाटर, एउटा गाडी र दुई वटा मोटरसाइकल फिर्ताका लागि पूर्वमन्त्री खत्रीलाई आग्रह गरिएको बताए ।

कांग्रेस नेता खत्री उदयपुर क्षेत्र नम्बर २ ९ख० बाट निर्वाचित सांसद हुन् । केदार कार्कीले नेतृत्वको सरकारमा गत माघमा मन्त्री नियुक्त भएका थिए ।

खत्रीले सरकारी सवारी र निवास फिर्ता गर्ने बताए । क्वाटरमा नै सरकारी सवारी रहेको बताउँदै उनले फिर्ता गर्न ढिलो भएको स्वीकार गरे ।

सरकार गठनसम्बन्धी मुद्दा परेका कारण फिर्ता गर्न ढिलो भएको बताउँदै उनले भने, ‘आज फिर्ता गर्ने भनेका छौं ।’ निवासका लागि भने घरबेटीसँग असारसम्मको सम्झौता रहेकाले मन्त्रालयमा छलफल गर्ने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36