April 29, 2025

एमालेबाट सञ्चारमा पृथ्वीसुब्बा र शिक्षामा विद्या मन्त्री बन्ने

July 15, 2024
- ADVERTISEMENT -

काठमाडौँ / नेकपा एमालेले सञ्चारमन्त्रीमा पुथ्बीसुब्बा गुरुङको नाम टुंग्याएको छ । एमालेले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनाउने भएको छ ।

एमालेबाट उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्ने नेकपा एमालेले जनाएको छ ।

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारी र भूमि व्यवस्था तथा सहकारी मन्त्रीमा बलराम अधिकारीलाई दोहो¥याउने पक्का भएको हो । दुबैजना प्रचण्ड नेतृत्व सरकारमा पनि मन्त्री भए ।

प्रधानमन्त्री केपी ओलीले आजै सपथसहित मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरिरहेका छन् । सोही अनुसार नेपाली कांग्रेसले पनि मन्त्रीहरुको नाम टुंगोमा पुर्याउन छलफल गरिरहेको छ ।

- ADVERTISEMENT -