February 15, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हिमाचलमा भीषण बाढी पहिरोका कारण ५० जना बेपत्ता

August 1, 2024
File photo.

भारत / हिमाचल प्रदेशमा बाढी पहिरोमा परी ५० जना बेपत्ता भएका छन् । वर्षापछि आएको भीषण बाढी पहिरोमा परी ५० जना बेपत्ता भएको भारतीय मिडियाहरुले जनाएका छन् ।

भारतीय मिडियाहरूका अनुसार दुई ठाउँमा बादल फुटेपछि (क्लाउड ब्रस्ट) ठूलो क्षति भएको हो । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ।

उक्त क्षेत्रमा भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न भने कठिन भएको छ ।

- ADVERTISEMENT -