April 22, 2025

रवि लामिछाने उच्च अदालत जाँदै

March 21, 2025
File photo.
- ADVERTISEMENT -

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाटन उच्च अदालत जाने भएका छन् । 

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरण मुद्दामा माघ ३ गते काठमाडौँ जिल्ला अदालतले गरेको आदेशविरुद्ध पुनरावेदन निवेदन दर्ता गर्न लामिछाने आज (शुक्रबार) उच्च अदालत जाने भएका हुन् ।

लामिछानेले कालीमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकमबारे भएको सुनुवाइमा आफ्नो सहमति नभएको बयान दिएका छन् । 

सो मुद्दामा माघ २ गते लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

- ADVERTISEMENT -