काठमाडौं / ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचु हाइटमा बुधबार राति राति एक युवकको विभत्स हत्या भएको छ ।
ओचु हाइटको शिव मन्दिरभित्र एक युवाको टाउको गिडिएको अवस्थामा सातदोबाटो प्रहरीले शव फेला पारेको छ । गस्तीमा रहेको प्रहरीले हतियारसहित एक युवालाई पक्राउ गरेको थियो ।
- ADVERTISEMENT -

उनी रगतले लतपतिएको धारिलो हतियारसहित पक्राउ परेको र उनले हत्या गरेको बताएपछि प्रहरीले त्यहाँ शव फेला पारेको प्रहरी वृत सातदोबाटोका इन्चार्ज प्रहरी नायव उपरीक्षक चित्र भट्टराईले जानकारी दिए ।
मृतक रामेछापको भएको र व्यक्तिगत सिसिइबीका कारण हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनको भनाइ छ । मृतकको पहिचान खुलेको छैन तर उनको उमेर करिब २३ वर्ष रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्थानीय वासिन्दाले भने मृतक युवा पक्राउ परेकाको व्यक्तिको बैनीबीच प्रेम सम्बन्धको विषयमा विवाद रहेको जनाएका छन् ।
स्थानीयका अनुसार मृतक युवक पक्राउ परेका व्यक्तिको बैनीसँग प्रेम सम्बन्धमा थिए, जसका कारण झगडा भएको थियो । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
























