२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

राप्रपाका ३ नेतासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको मुद्दा’अघि बढाइने

प्रकाशित मिति : २०८१ चैत्र १७ गते

काठमाडौं / राजधानीको तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा हिंसा भड्किएको आरोपमा पक्राउ परेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा म्याद थप हुने भएको छ ।

पक्राउ परेका मिश्र, राणा, ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का प्रवक्ता स्वागत नेपाल, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, धर्मगुरु पुष्कर खतिवडासहित ९ जनाविरुद्ध ‘राज्यविरुद्धको अपराध कसुर’मा अनुसन्धान प्रक्रिया अगाडि बढ्दैछ । प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आइतबार म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिनेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रहरीले उनीहरूलाई आन्दोलनलाई उग्र बनाउन महत्त्वपूर्ण भूमिका खेलेको ‘हार्ड कोर’ समूहको रूपमा व्याख्या गर्दै कानुनी प्रक्रिया अघि बढाउन लागेको छ । उक्त अभियोगमा ‘राज्यविरुद्धको अपराध कसुर’का साथै ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, आगजनी, संगठित अपराध जस्ता गम्भीर अभियोग लगाइने बताइएको छ ।

शुक्रबारको प्रदर्शनपछि हालसम्म प्रहरीले ११३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये आवश्यक छानबिनपछि संगठित अपराध, आगजनी, ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ । त्यही दिनको प्रदर्शनमा २ जनाको मृत्यु भएको थियो भने विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनाहरू भएका थिए । घटनालाई उग्र बनाउने भूमिकामा रहेको आरोप लागेका दुर्गा प्रसाईँ भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89