Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुर्गा प्रसाईं अझै परेनन् पक्राउ, सहयोगीहरु धमाधम पक्राउ

प्रकाशित मिति : २०८१ चैत्र २० गते
File photo.

काठमाडौं / नेपालको व्यवस्थाविरोधी आन्दोलनलाई हिंसात्मक रूप दिएर फरार दुर्गा प्रसाईंलाई सुरक्षा निकायले अझै पक्राउ गर्न सकेको छैन । शुक्रबार साँझदेखि फरार प्रसाईंलाई प्रहरीका चार वटा टोलीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । उनले आइतबार र सोमबार सामाजिक सञ्जालबाट आफू नेपालमै रहेको भन्दै सुरक्षा निकायलाई चुनौती दिइरहेका छन् ।

‘दुर्गा प्रसाईंले सार्वजनिक गरेको भिडियोमा देखिएको दृश्यलाई नेपाल प्रहरीले सूक्ष्म ढंगले हेरेको छ तर यस्तो दृश्य काठमाडौंको जस्तो देखिँदैन । तराई वा आसपासको ठाउँ हुन सक्छ । हाम्रो ध्यान त्यता पनि गएको छ,’ खोजीका लागि खटिएका एक प्रहरी अधिकृतले भने। गृह मन्त्रालयका एक अधिकृतका अनुसार प्रसाईंलाई कानुनी रूपमा विदेश यात्रा गर्न नपाउने व्यवस्था पनि गरिसकिएको छ।

- ADVERTISEMENT -

Advertisement

राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कमान्डर रहेका प्रसाईंलाई रोक्न विमानस्थलको अध्यागमनलगायत सबैतिर निगरानी गरिएको थियो । राजा फर्काउने आन्दोलन गरिरहेका प्रसाईं फरार रहँदा उनका सहयोगीहरू भने धमाधम पक्राउ परिरहेका छन् ।

पाँच दिनदेखि प्रहरीको सबै युनिटले निगरानी बढाउँदा पनि उनी भने फेला पर्न नसकेका हुन् । यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), विशेष ब्युरो, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका प्रहरी कार्यालयको ‘टास्क फोर्स’ले उनको खोजी गरिरहेका छन् । सबै नाकामा प्रहरी परिचालन पनि गरिएको छ । केही प्रहरी अधिकारीले उनी भारत गएको आशंका गरिरहेका छन् । प्रहरीको एउटा युनिटले प्रसाईंलाई खोज्न भारतीय प्रहरीसँग समन्वयसमेत गर्दै आएको छ ।

मंगलबार साँझ मात्रै प्रसाईंका एक सहयोगी पक्राउ परेका छन् । संयुक्त जनआन्दोलन घोषणासभा परिचालन समितिका संयोजक देवी संग्रौला पक्राउ परेका हुन् । झापाका संग्रौलालाई प्रहरीको विशेष टोलीले ललितपुरको भैंसेपाटीबाट पक्राउ गरेको हो । उनीसँगै विष्णुजंग बस्नेत पनि पक्राउ परेको प्रहरीले जनाएको छ । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संग्रौला पनि संलग्न थिए । यसअघि प्रसाईंको सुरक्षा दस्ताका चार जना पक्राउ परिसकेका छन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98