April 30, 2025

रास्वपाका सभापति रवि लामिछाने पक्राउ, आज भैरहवा लैजाने

April 5, 2025
- ADVERTISEMENT -

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानिलकण्ठ स्थित हेपाली हाइटबाट पक्राउ परेका हुन् ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले शुक्रवार उनलाई जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधिशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको थियो ।

लामिछानेलाई भैरहवा पठाउने तयारी
रास्वपाका सभापति रवि लामिछानेलाई आज (शनिबार) भैरहवा लैजाने तयारी गरिएको छ । उनलाई विमानमार्फत भैरहवा पुर्‍याइने प्रहरीले जनाएको छ ।

हाल लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी काण्डमा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले यो आदेश दिएको हो ।

यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई उच्च अदालतले बदर गरेपछि लामिछाने पक्राउ परेका हुन् ।

उक्त प्रकरणमा जिल्ला अदालतको निर्णयविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन दिएका थिए । अब उनलाई रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइनेछ ।

- ADVERTISEMENT -