२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीनकुने प्रकरण : राप्रपाका धवलशमशेर जमानीमा छुट्दै

प्रकाशित मिति : २०८२ बैशाख ६ गते
file photo.

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणालाई रिहा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले राणाकी पत्नी प्रतिमा राणालाई (आज) शनिबार बिहान प्रहरी परिसरमा उपस्थित हुन भनेको हो ।

राप्रपाका नेता ऋषिराज देवकोटाले पत्नी प्रतिमा राणालाई प्रहरीले बोलाएको पुष्टि गर्दै आफूहरू पनि प्रहरी परिसर जाने तयारीमा रहेको जानकारी दिए । यसअघि शुक्रबार नै राणालाई रिहा गर्ने योजना थियो, तर आवश्यक कानुनी प्रक्रिया ढिला भएकाले रिहा प्रक्रिया स्थगित गरिएको प्रहरीले जनाएको छ । राणा रिहा हुने खबर बाहिरिएपछि शुक्रबार राप्रपाका नेता तथा कार्यकर्ताहरूको भीड प्रहरी परिसरमा लागेको थियो ।

- ADVERTISEMENT -

Advertisement

प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालयले राणालाई हाजिर जमानीमा रिहा गर्ने तयारी गरेको छ । क्यान्सरका बिरामी रहेका राणालाई नियमित उपचार तथा फलोअपका लागि भारत जानुपर्ने भएकाले उनलाई अस्थायी रूपमा हाजिर जमानीमा छोड्ने निर्णय भएको हो । उनका अनुसार राणाको बयान प्रक्रिया पूरा भइसकेको छ र अब मुद्दा अघि बढाइनेछ ।

गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक भएपछि राणा त्यसै दिन पक्राउ परेका थिए । उनलाई स्वास्थ्य उपचारबाट वञ्चित गरिने प्रयास भइरहेको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका पक्षधर संयुक्त जनआन्दोलन समितिले कडा आपत्ति जनाइसकेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45