काठमाडौं / काठमाडौंमा एक व्यक्तिमाथि प्रहरीले निर्घात कुटपिट गरेको आरोपमा चार जना ट्राफिक प्रहरी निलम्बित भएका छन् ।
सडकमै एक व्यक्तिमाथि ट्राफिक प्रहरीले निर्घात कुटपिट गरिरहेको भिडियो भाइरल भएपछि उनीहरूलाई निलम्बन गरिएको हो ।
भिडियोमा देखिएका चार जना ट्राफिकहरूलाई नै जनसेवाको जिम्मेवारीबाट हटाई छानबिन तथा अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।
प्रहरीका अनुसार घटना मङ्सिरको हो । भिडियोमा एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिन्छ ।
तीमध्ये एक ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेको र कागजपत्र भुईँमै फ्यालेर हिँडेका छन् । मोटरसाइकलमा सामान लिएर ती यात्रु आएको प्रहरीले बताएको छ ।