२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सहकारी ठगी अभियोगमा सांसद तथा कांग्रेस नेतृ माया राई पक्राउ

प्रकाशित मिति : २०८२ बैशाख १४ गते

काठमाडौं / कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद माया राईलाई स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी प्रकरणमा संलग्नताको आरोपमा प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार राईलाई शनिबार राति कपनस्थित निवासबाट पक्राउ गरिएको हो ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा चलाउन सिफारिस भएपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उल्लेखनीय छ, राई २०७४ सालमा सो सहकारीकी सहसचिवको भूमिकामा रहेकी थिइन् । स्वर्णलक्ष्मी सहकारी प्रकरणमा करिब ५ हजार ६ सय ६९ जना बचतकर्ताबाट २ अर्ब ६५ करोड ९५ लाख रुपैयाँभन्दा बढी ठगी भएको अनुसन्धानबाट खुलेको छ। प्रारम्भिक उजुरीमा मात्रै ६९० जना पीडितले १ अर्ब १९ करोड रुपैयाँ ठगी भएको दाबी गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

यस प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु ९जीबी० राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बञ्जाडे जोशीसहित ३९ जनाविरुद्ध गत पुसमा मुद्दा दायर गरिएको थियो । मुद्दा दर्ता हुँदा मुख्य अभियुक्तसहित ३४ जना फरार रहेका थिए ।

अनुसन्धान प्रतिवेदनअनुसार, स्वर्णलक्ष्मी सहकारीको रकम विभिन्न सेयरधनी, नाफामुखी कम्पनी र अन्य अनधिकृत व्यक्तिहरूले गैरकानुनी रूपमा अपचलन गरेका छन् । प्रारम्भमा माया राई प्रतिवादीको सूचीमा परेकी थिइनन्। तर, पछिल्लो अनुसन्धानपछि सरकारी वकिलको निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

राई नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा आवद्ध राई समानुपातिक प्रणालीमार्फत प्रतिनिधि सभा पुगेकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89