२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस

चिलीमा सुनामीको चेतावनी
प्रकाशित मिति : २०८२ बैशाख २० गते

चिली / दक्षिण अमेरिका र अन्टार्कटिकालाई छुट्याउने पानीको मुहान ड्रेक मार्गमा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ । शुक्रबार गएको भूकम्पपछि चिलीका अधिकारीहरूले देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन् ।

अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्प अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तको उसुइया शहरबाट २१९ किलोमिटर र चिलीको प्यूर्टो विलियम्स शहरबाट २१९ किलोमिटर को दूरीमा १० किलोमिटर गहिराइमा गएको थियो ।

- ADVERTISEMENT -

Advertisement

‘कृपया सावधान रहनुहोला १ सुनामीको खतराका कारण म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सु्रक्षित स्थलमा जानुहोला,’ चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा लेखेको छ ।

राष्ट्रपति गेब्रियल बोरिकले आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गरेका छन् । चिलीको नेसनल सिस्मोलोजिकल सेन्टरले ७.५ म्याग्निच्यूडभन्दा केही तल ७.४ म्याग्निच्युडको भूकम्प गएको बताएको छ ।

स्थानीय समयानुसार बिहान ९.५८ बजे भूकम्प गएको थियो भनेृ त्यसपछि कैयौँ साना पराकम्पनहरू पनि रेकर्ड गरिएको थियो । दक्षिण अमेरिकाको दक्षिणी टुप्पोमा अवस्थित म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ ।

अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भनेको छ, ‘भूकम्पको धक्का मुख्यतया उसुइया शहर र केही हदसम्म टिएरा प्रान्तका अन्य शहरहरूमा महसुस गरिएको थियो।’ ‘भूकम्पका कारण भौतिक क्षति वा मानिस प्रभावित भएको खबर तत्काल प्राप्त भएको छैन,’ विज्ञप्तिमा भनिएको छ ।

चिली भूकम्पबाट सबैभन्दा बढी प्रभावित देशमध्ये एक हो। नाज्का, दक्षिण अमेरिकी, र अन्टार्कटिसहितका तीन टेक्टोनिक प्लेटहरू यसको क्षेत्रभित्र समाहित छन् । सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९।५ म्याग्नेच्यूडको भूकम्प गएको थियो र यसका कारण कम्तीमा नौ हजार ५०० व्यक्तिको मृत्यु भएको थियो । उक्त भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ । सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८।८ म्याग्नेच्यूडको भूकम्पमा परी ५२० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । (रासस/एएफपी)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89