२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रामेछापमा ससुराद्वारा बुहारीको हत्या, प्रहरी चौकीमा आत्मसमर्पण

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते
file photo.

रामेछाप / रामेछाप जिल्लाको मन्थली नगरपालिका–१२, गेलु सिक्रालमा शुक्रबार साँझ ससुराले आफ्नै बुहारीको खुकुरी प्रहार गरी बीभत्स हत्या गरेका छन् । ६१ वर्षीय शम्भु बुढाथोकीले अन्दाजी २८ वर्षीया बुहारी पवित्रा बुढाथोकीको ज्यान लिएका हुन् ।

पवित्रा आफ्नो छोरालाई लिन ससुराली घर आएको बेला यो दुःखद् घटना भएको हो । ससुरा शम्भु बुढाथोकीले बुहारीमाथि धारिलो खुकुरीले निर्मम प्रहार गरेका थिए, जसका कारण पवित्राको घटनास्थलमै मृत्यु भएको बताइएको छ । बुहारीको हत्या गरेलगत्तै आरोपी ससुरा शम्भुले नजिकैको खिम्ती प्रहरी चौकीमा आफैं पुगेर आत्मसमर्पण गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

मृतक पवित्राका श्रीमान् खम्बबहादुर बुढाथोकीले गत साउन महिनामा आत्महत्या गरेका थिए । खम्बबहादुरको आत्महत्यापछि ससुरा शम्भुले बुहारी पवित्राकै कारण छोराले ज्यान फालेको भन्दै निरन्तर आरोप लगाउँदै आएका थिए । सोही रिसइबी र मानसिक तनावका कारण यो जघन्य अपराध भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पवित्राका ९ वर्षीय छोरा घटनाको समयमा हजुरबुबा–हजुरआमा (शम्भु)सँगै बस्दै आएका थिए । आत्मसमर्पण गरेका बुढाथोकीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89