२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गृहमन्त्री लेखकलाई राजीनामा गर्न चौतर्फी दबाब, आफ्नै दलभित्र पनि विरोध

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा हुने गरेको संगठित असुलीमा गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि उनको राजीनामा माग गर्दै विपक्षी दलहरू मात्र होइन, सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट समेत आवाज उठेको छ ।

निष्पक्ष अनुसन्धानका लागि पद त्यागेर नैतिकता देखाउन चौतर्फी दबाब बढे पनि गृहमन्त्री लेखकले भने गल्ती प्रमाणित भए राजनीतिबाटै अलग हुने तर राजीनामा नदिने अडान लिएका छन् । सत्तारुढ कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकले आफैंमाथि अनुसन्धान गर्न मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिएका छन् । ‘उहाँले नैतिकताका हिसाबमा म क्लिन छु, राजीनामा गरेँ, छानबिन समिति बनाउनुस् भन्नुपर्छ, त्यसले मोरल स्टेटस देखिन्छ,’ कोइरालाले भनेका छन् ।

- ADVERTISEMENT -

Advertisement

विपक्षी दलहरू माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपा नेपालले एकस्वरले लेखकले नैतिकताका आधारमा राजीनामा दिएर निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग गरेका छन् । रास्वपाले विगतमा लेखक स्वयंले यस्तै प्रकृतिका घटनामा राजीनामा मागेको स्मरण गराउँदै माग पूरा नभए सदन अवरुद्ध गर्ने चेतावनीसमेत दिएको छ ।

माओवादी महासचिव देव गुरुङले छानबिन निष्पक्ष बनाउन आरोपितले मार्गप्रशस्त गर्नुपर्ने लोकतान्त्रिक अभ्यास रहेको बताए । ‘गृहमन्त्रीको सचिवालय जोडिएको बयान आएको कुरा छ  । प्रश्न उठेपछि त्यसको सत्यतथ्य छानबिन गर्नैपर्छ । छानबिन टुंगो नलाग्दासम्म मार्गप्रशस्त गर्नुपर्ने डेमोक्रेटिक प्राक्टिस हो,’ उनले भने, ‘छानबिनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न गृहमन्त्री पदबाट हट्नुपर्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा अनुसन्धान गरिरहेको छ । गृहमन्त्री लेखककै सचिवालयको प्रत्यक्ष संलग्नतामा केही महिनायता भिजिट भिसामा असुली बढेको सूचनाका आधारमा अख्तियारले अध्यागमनका तत्कालीन प्रमुख सहसचिव तीर्थराज भट्टराईसहित केही बिचौलियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

भट्टराईबाट तीनवटा मोबाइल र ल्यापटप बरामद गरिएको छ, जसमध्ये एउटा मोबाइल ‘सेटिङ’का लागि मात्र प्रयोग हुने गरेको खुलेको छ । यस प्रकरणमा दैनिक ५० लाखसम्म असुली हुने गरेको र त्यसमा संस्थागत भागबन्डा हुने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

गृहमन्त्री लेखकले भने आफूमाथि लागेका आरोप झूटा भएको दाबी गर्दै जेठ १३ गते प्रतिनिधिसभामा विस्तृत जवाफ दिने बताएका छन् । गृह मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै मन्त्रीको संलग्नता नरहेको र अख्तियारको अनुसन्धानमा पूर्ण सहयोग रहने प्रस्ट पारेको छ । यो प्रकरणले दुई वर्षअघिको भुटानी शरणार्थी काण्डको स्मरण गराएको छ, जसमा तत्कालीन गृहमन्त्री नै मुछिएका थिए । दुवै घटना संगठित र संस्थागत प्रकृतिका देखिनुका साथै गृह मन्त्रालयको नेतृत्व नै विवादमा तानिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.29
175.99
UK Pound Sterling
1
204.04
204.85
Swiss Franc
1
186.38
187.12
Australian Dollar
1
108.63
109.07
Canadian Dollar
1
109.31
109.74
Singapore Dollar
1
119.02
119.50
Japanese Yen
10
9.64
9.68
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.16
11.21
Swedish Kroner
1
15.78
15.85
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45