२०८२ चैत्र ३, मंगलवार
March 17, 2026
२०८२ चैत्र ३, मंगलवार
March 17, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको अनुमान

प्रकाशित मिति : २०८२ जेष्ठ २० गते
- ADVERTISEMENT -

काठमाडौं / देशका विभिन्न भागमा सक्रिय मौसमी प्रणालीका कारण आज (मंगलबार) देशका धेरैजसो स्थानमा मौसम आंशिकदेखि सामान्य बदली रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र कोशी प्रदेशमा मनसुनी वायुले प्रभाव बढेको छ ।

महाशाखाले दिएको पछिल्लो विवरणअनुसार कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागहरूमा बादल छाएको छ भने अन्य क्षेत्रमा मौसम प्रायः सफा देखिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै, कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति पनि लुम्बिनी प्रदेशसहित पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा रातिको समयमा पनि हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

महाशाखाले सम्भावित चट्याङ, वर्षा र हिमपातका कारण दैनिक जनजीवन, कृषि कार्य, स्वास्थ्य सेवा, यातायात तथा हवाई उडानहरू प्रभावित हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आम नागरिकलाई अनुरोध गरेको छ । यात्रा वा बाहिरी गतिविधिमा निस्कनुअघि मौसम अपडेट हेर्न र आवश्यक सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.58
148.18
European Euro
1
169.34
170.03
UK Pound Sterling
1
195.82
196.61
Swiss Franc
1
187.27
188.03
Australian Dollar
1
104.04
104.47
Canadian Dollar
1
107.85
108.29
Singapore Dollar
1
115.38
115.85
Japanese Yen
10
9.27
9.30
Chinese Yuan
1
21.40
21.49
Saudi Arabian Riyal
1
39.33
39.49
Qatari Riyal
1
40.38
40.54
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.18
40.34
Malaysian Ringgit
1
37.55
37.70
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
15.74
15.80
Danish Kroner
1
22.66
22.76
Hong Kong Dollar
1
18.85
18.92
Kuwaity Dinar
1
480.72
482.67
Bahrain Dinar
1
390.94
392.53
Omani Rial
1
383.32
384.88