२०८२ चैत्र २, सोमबार
March 16, 2026
२०८२ चैत्र २, सोमबार
March 16, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुर्गा प्रसाईँसहित ७ जना जेल चलान, ३२ जनासँग धरौटी माग

प्रकाशित मिति : २०८२ जेष्ठ ३० गते
file photo.
- ADVERTISEMENT -

काठमाडौं / काठमाडौंको तीनकुनेमा गत चैतमा भएको हिंसात्मक प्रदर्शन र आगजनीको घटनामा मुख्य अभियुक्त बनाइएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

न्यायाधीश ध्रुबराज कार्कीको इजलासले बिहीबार राति अबेरसम्म चलेको लामो थुनछेक बहसमा प्रसाईँसहित ७ जनालाई जेल चलान गर्न र घटनामा संलग्न अन्य ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

२०८१ चैत १५ मा राजसंस्था पुनर्स्थापनाको माग गर्दै आयोजना गरिएको प्रदर्शन अनियन्त्रित भई हिंसात्मक बनेको थियो । सोही क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेश रजक र प्रहरीको गोली लागेर सविन महर्जनको मृत्यु भएको थियो ।

यही घटनालाई आधार बनाएर सरकारी वकिलको कार्यालयले प्रसाईँसहित ५० जनाविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध जस्ता गम्भीर अभियोगमा मुद्दा दायर गरेको थियो ।

- ADVERTISEMENT -

Advertisement

अदालतले प्रसाईँका साथै आगजनी र पत्रकार रजकको हत्यामा संलग्न रहेको आरोप लागेका सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, शुसिल बराल, केशव बस्नेत र जित बहादुर श्रेष्ठलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । प्रहरी अनुसन्धानले रामेछापका सरोज गौतम र अछामका गोकर्ण शाही आगजनीमा प्रत्यक्ष संलग्न रहेको देखाएको थियो ।

प्रसाईँको प्रतिरक्षामा वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा। सुरेन्द्र भण्डारी, डा। भिमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशिल पन्त लगायतको शक्तिशाली टोली थियो भने सरकारको तर्फबाट सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले बहस गरेका थिए ।

अदालतले पक्राउ परेकामध्ये अन्य ३२ जनालाई भने १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी लिएर रिहा गर्न आदेश दिएको छ । प्रसाईँ समर्थक युवा समूह ‘एटीएफ’मा आबद्ध हरिहर चौलागाईं र ‘सन्तोष राजावादी’ भनेर चिनिने सन्तोष कुमार सिलवाललाई १–१ लाख धरौटीमा छाड्न आदेश भएको छ ।

अन्य अभियुक्तहरूलाई कसुरको प्रकृति हेरी फरक–फरक धरौटी रकम तोकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.64
148.24
European Euro
1
168.55
169.24
UK Pound Sterling
1
195.27
196.06
Swiss Franc
1
186.56
187.31
Australian Dollar
1
103.07
103.49
Canadian Dollar
1
107.62
108.06
Singapore Dollar
1
115.01
115.48
Japanese Yen
10
9.24
9.28
Chinese Yuan
1
21.41
21.49
Saudi Arabian Riyal
1
39.34
39.50
Qatari Riyal
1
40.39
40.56
Thai Baht
1
4.55
4.57
UAE Dirham
1
40.20
40.36
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
9.83
9.87
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
22.56
22.65
Hong Kong Dollar
1
18.86
18.94
Kuwaity Dinar
1
481.70
483.65
Bahrain Dinar
1
391.05
392.64
Omani Rial
1
383.48
385.04