काठमाडौं । दाउन्नेमा गए (मंगलबार) रातिको वर्षापछि सडक हिलो हुँदा गाडी फसेका छन् ।
कावासोतीका इन्स्पेक्टर जनकराज बन्जराका अनुसार महेन्द्र राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको भुताहादेखि पूर्व नवलपरासीको चोरामारासम्मको क्षेत्रमा करिब ४५ किलोमिटर लामो जाम भएको छ ।
- ADVERTISEMENT -

हिलोले फसेका गाडीहरू निकाल्न नसक्दा बिहान ५ बजेदेखि नै गाडी फसेका छन् ।
अहिले डाइभर्सन बनाएर सडक सञ्चालनमा बताइएको छ ।


















































