Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बालिका बलात्कारपछि हत्या गर्ने शिक्षकलाई जन्मकैद

प्रकाशित मिति : २०८२ असार ५ गते

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिका बलात्कारपछि हत्यामा संलग्न बाँके खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई अदालतले जीवित रहेसम्म जन्मकैदको फैसला सुनाएको छ ।

खाँले २०७९ साल कात्तिक १६ गते स्थानीय १५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरी शव खोलामा फालेका थिए । घटनाको एक दिनपछि, कात्तिक १७ गते, ती बालिकाको शव शान्तिपुरस्थित हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा भेटिएको थियो । त्यसपछि स्थानीयवासीले बलात्कारपछि हत्या गरिएको आशंका गर्दै प्रदर्शन तथा विरोध गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

बालिका श्रीलंकाटोलस्थित आमासँग भाडाको घरमा बस्दै आएकी थिइन् । उनी घटनाको अघिल्लो दिनदेखि सम्पर्कविहीन थिइन् । घटनापछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले खाँलाई पक्राउ गरी जिल्ला अदालत गुल्मीमा पेश गरेको थियो । अदालतले प्रमाणको आधारमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो ।

जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले खाँलाई बलात्कार अभियोगमा १४ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको छ । यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) र दफा ३ (क) र (ख) को आधारमा गरिएको हो । त्यस्तै, कर्तव्य ज्यान अभियोगमा अदालतले जीवित रहेसम्म जन्मकैद र तीन लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ । यो फैसला मुलुकी अपराध संहिता २०७४ को दफा १७७ उपदफा (१) र दफा ४१ बमोजिम गरिएको हो ।

अदालतका श्रेष्तेदार सुदर्शन खनालका अनुसार, बलात्कार गरी कर्तव्य ज्यान गरेमा जीवित रहेसम्म जन्मकैद हुने व्यवस्था संहिताको दफा ४१ मा उल्लेख गरिएको छ । त्यस्तै, त्रासदीपूर्ण र निर्मम हत्या, जातिहत्या, वायुयान अपहरण, विष खुवाएर हत्या जस्ता अपराधमा पनि यही व्यवस्था लागू हुन्छ ।

दफा २२८ र १८६ अनुसार पीडित परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने फैसला गरिएको छ । फैसलापछि पीडित परिवारसहित शान्तिपुरका स्थानीयवासीले राहत महसुस गरेका छन् । घटनामा संलग्न व्यक्ति नै स्थानीय विद्यालयमा अध्यापन गरिरहेका खाँ रहेको खुलासा भएपछि स्थानीय थप त्रसित बनेका थिए । बाँकेबाट त्यहाँको मदरसामा पढाउन गएका उनी जघन्य अपराधमा जोडिएपछि कारबाहीका लागि स्थानीयले साथ दिएका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05