Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

हनिमुन हत्या प्रकरण : सनसनीपूर्ण मोडमा, जेठान पनि अपराधमा संलग्न

प्रकाशित मिति : २०८२ असार ७ गते

काठमाडौं / भारतको मध्य प्रदेश इन्दौरको चर्चित हनिमुन हत्या प्रकरणले नयाँ र सनसनीपूर्ण मोड लिएको छ । प्रेम, धोका र हत्याको यो घटनामा अब भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले पनि अनुसन्धान सुरु गरेको छ । हत्याका मुख्य अभियुक्तहरू हवालाको अवैध कारोबारमा संलग्न रहेको खुलासा भएसँगै घटनाको अनुसन्धान वित्तीय अपराधतर्फ सोझिएको हो ।

मेघालय प्रहरीको हिरासतमा रहेका सोनमका प्रेमी तथा हत्याका सह(अभियुक्त राज कुशवाहाले दिएको बयानले घटनाको रहस्य थप गहिरिएको छ । राजले सोनमका दाइ गोविन्द रघुवंशी लामो समयदेखि हवाला कारोबारमा संलग्न रहेको र आफू पनि सोही धन्दामा उनीसँगै काम गर्ने गरेको स्वीकार गरेका छन् । प्रहरीले राजको मोबाइलबाट हवाला लेनदेनका विवरण र कोडवर्डहरू फेला पारेपछि ईडीलाई अनुसन्धानमा सामेल गराइएको हो ।

- ADVERTISEMENT -

Advertisement

यो खुलासासँगै मृतक राजा रघुवंशीकी पत्नी सोनमका दाइ गोविन्दमाथि शंकाको सुई तेर्सिएको छ । गोविन्दको श्री बालाजी एक्टरियो नामक प्लाइवुड ल्यामिनेसनको व्यवसाय छ । राजलाई प्रहरीले पक्राउ गरेको स्थान पनि गोविन्दकै गोदाम रहेको खुलेको छ । हवालाको जालो बाहिरिएपछि इन्दौर अपराध शाखाले गोविन्दलाई सोधपुछका लागि बोलाएको छ ।

यस्तो थियो घटना –
इन्दौर निवासी राजा रघुवंशी र सोनमको विवाह गत मे ११ मा भएको थियो । विवाहको १० दिनपछि, मे २१ मा उनीहरू हनिमुन मनाउन मेघालयको शिलोङ पुगेका थिए । तर, मे २३ देखि उनीहरू परिवारसँग सम्पर्कविहीन भए ।

लामो खोजीपछि प्रहरीले जुन २ मा राजाको शव एक पहाडको खोँचमा फेला पारेको थियो । घटनाको १७ दिनपछि, जुन ९ मा सोनम उत्तर प्रदेशको गाजीपुरमा फेला परेपछि हत्याको रहस्यमय पर्दा उघ्रिएको थियो ।

हालसम्म ५ जना पक्राउ –
राजाको हत्याको आरोपमा प्रहरीले उनकी पत्नी सोनम, सोनमका प्रेमी राज कुशवाहा र हत्याका लागि भाडामा लिइएका तीन व्यक्ति( आकाश राजपुत, विशाल सिंह चौहान र आनन्दलाई पक्राउ गरिसकेको छ । बिहीबार शिलोङ अदालतले सोनम र राजलाई थप दुई दिन प्रहरी हिरासतमा तथा अन्य तीन जनालाई १४ दिन न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ ।

यस प्रकरणमा सोनमकी एक मिल्ने साथी ‘अलका’ को नाम पनि मुछिएको छ, जसले अनुसन्धानको दायरा अझै फराकिलो हुन सक्ने संकेत गरेको छ । हत्याको पछाडि प्रेम सम्बन्ध मात्र नभई करोडौंको हवाला कारोबार पनि जोडिएपछि यो प्रकरण थप जटिल र रहस्यमय बन्दै गएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98