Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सुदूरपश्चिममा अविरल वर्षाले जनजीवन प्रभावित

प्रकाशित मिति : २०८२ असार १६ गते
file photo

काठमाडौं / सुदूरपश्चिम प्रदेशमा सोमबार बिहानैदेखि परेको अविरल तथा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धुरा लगायतका जिल्लामा भएको भीषण वर्षाले तराईका भूभाग डुबानको उच्च जोखिममा परेका छन् भने पहाडी क्षेत्रमा पहिरोको त्रास बढेको छ ।

विशेषगरी कैलालीको धनगढी र गोदावरी क्षेत्रमा केन्द्रित मुसलधारे वर्षाले मोहना नदीमा पानीको सतह खतराको तह नजिक पुगेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार, मोहना नदीको जलस्तरले सतर्कता तह पार गरिसकेको छ । प्रशासकीय अधिकृत शिवराज जोशीले दिएको जानकारीअनुसार, आइतबार बिहान ७स्३० बजेको मापनमा नदीको जलस्तर ३।०६ मिटर पुगेको छ, जुन सतर्कता तहभन्दा माथि हो ।

- ADVERTISEMENT -

Advertisement

नदीको जलस्तर अझै बढ्ने क्रममा रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अपिल गरिएको छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागले नदी किनार आसपासका बासिन्दालाई आज साँझसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित खतराबाट जोगाउन प्रशासनले जोखिमयुक्त क्षेत्रका नागरिकहरूलाई मोबाइलमा एसएमएसमार्फत सचेत गराइसकेको छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आज दिनभर देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहने जनाएको छ । महाशाखाका अनुसार, सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहनेछ । साथै, प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम अझै टरिनसकेको भन्दै सम्बन्धित सबैलाई सावधानी अपनाउन भनिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98