२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

त्रिशूली बाढीको वितण्डा : दुईको शव फेला, दाहसंस्कारको क्रममा बगायो चिता

प्रकाशित मिति : २०८२ असार २४ गते
File Photo

काठमाडौं / चीनबाट उर्लिएर आएको बाढीले रसुवामा वितण्डा मच्चाउँदै धादिङको त्रिशूली नदीमा पनि अकल्पनीय घटनाहरू घटाएको छ । मंगलबार नदी किनारका फरक–फरक स्थानमा दुई जनाको शव फेला परेको छ भने अर्को एक स्थानमा अन्त्येष्टि गरिँदै गरेको चिता नै बाढीले बगाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका–२, क्यरेनीटार र गजुरी गाउँपालिका–६, बेल्खुस्थित त्रिशूली नदी किनारमा दुई पुरुषको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी सुवास हमालले दुवै शवको प्रकृति हेर्दा हालसालै मृत्यु भएको अनुमान गरिएको र उनीहरुको पहिचान खुलाउने प्रयास भइरहेको जानकारी दिए । प्रहरीले उनीहरुको मृत्यु पनि यही बाढीमा परेर भएको हुनसक्ने आशंका गरेको छ । ‘घटनाको गम्भीरतापूर्वक अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा खटिएको छ,’ डीएसपी हमालले भने ।

- ADVERTISEMENT -

Advertisement

यस्तै, धादिङकै बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदीमा अर्को दुःखद घटना घटेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’का एक आफन्तको अन्त्येष्टिका लागि त्रिशूली किनारमा चिता बनाइएको थियो । बिहान करिब साढे ९ बजेतिर दाहसंस्कार चलिरहेकै बेला नदीमा अचानक बाढीको बहाव उर्लिएपछि जलिरहेको शवको अवशेषसहित चितालाई नै बगाएको हो ।

नदी किनारमा जोखिम हुनसक्नेबारे पालिकाभरि पूर्वसूचना जारी गरेको भएपनि बाढीको वेगले हेर्दाहेर्दै चिता बगाएको उनको भनाई छ । वडा नम्बर ७ का अध्यक्ष कुमार बस्नेतले चिता बगाएको दृश्यको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना थप चर्चामा आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89