२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सिद्धि विनायकको १९औं वार्षिक साधारण सभा लक्षित समीक्षा बैठक

प्रकाशित मिति : २०८३ आश्विन ४ गते
photo : newsprabah

चितवन । भरतपुर–२, क्षेत्रपुरस्थित सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक समीक्षा बैठक शनिबार सम्पन्न भएको छ ।

आगामी असोज ७ गते आयोजना हुने १९औँ वार्षिक साधारण सभालाई लक्षित गर्दै बैठकमा साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन, प्रस्ताव तथा संस्थाको आगामी कार्यदिशाका विषयमा छलफल गरिएको हो ।

- ADVERTISEMENT -

Advertisement

बैठकमा संस्थाको गत आर्थिक वर्षको गतिविधि, संस्थागत प्रगति, सदस्य सेवा, वित्तीय अवस्था तथा आगामी कार्ययोजनालगायतका विषयमा समीक्षा गरिएको संस्थाका अध्यक्ष थिरप्रसाद धितालले जानकारी दिए ।

समीक्षा बैठकमा आगामी साधारण सभालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा सम्पन्न गर्ने विषयमा समेत छलफल भएको थियो । सहभागी शेयर सदस्यहरूले संस्थाको वर्तमान अवस्था, सेवा प्रवाह तथा आगामी योजनाका विषयमा जिज्ञासा राखेका थिए ।

शेयर सदस्यबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै अध्यक्ष धितालले पछिल्लो समय सहकारी क्षेत्रका लागि चुनौतीपूर्ण अवस्था रहेको बताए । संस्थालाई थप सुदृढ र विश्वसनीय बनाउन सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्य सबैको सहयोग, सक्रियता र इमान्दारिता आवश्यक रहेको उनको भनाइ थियो ।

साधारण सभालाई सफल बनाउन सम्पूर्ण शेयर सदस्यको सक्रिय सहभागिता र रचनात्मक सुझाव आवश्यक रहेको र निर्धारित मिति, समयमा उपस्थित हुन उनले आग्रह समेत गरेका छन् ।

बैठकमा सचिव जयराम पाण्डेको प्रगति प्रतिवेदनमार्फत संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, गतिविधि, सदस्य सेवा तथा आगामी योजनाका विषयमा जानकारी प्रस्तुत गरिएको थियो । त्यस्तै, कोषाध्यक्ष रामप्रसाद घिमिरेको आर्थिक प्रतिवेदनमा संस्थाको आर्थिक अवस्था, आम्दानी–खर्च, वित्तीय व्यवस्थापन तथा आगामी आर्थिक योजनाबारे छलफल गरिएको थियो ।

संस्थाका व्यवस्थापक विकास पौडेलले संस्थाको समग्र वित्तीय अवस्थाबारे जानकारी गराउँदै शेयर सदस्यहरूलाई आवश्यकता र क्षमताका आधारमा व्यापार–व्यवसाय सञ्चालनका लागि सहज रूपमा ऋण प्रवाह गर्दै आएको बताए । सदस्यको आर्थिक गतिविधिलाई सहयोग पुग्ने गरी संस्थाले आफ्ना वित्तीय सेवाहरूलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो ।

बैठकमा आगामी १९औँ वार्षिक साधारण सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, नीति तथा कार्यक्रम, आगामी कार्ययोजना लगायतका विषयमा छलफल तथा आवश्यक निर्णय गरिएको छ ।

बैठकको समापन गर्दै संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद गौतमले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूको सामना गर्न सञ्चालक समिति, कर्मचारी तथा शेयर सदस्य सबैको साथ, सहयोग र एकताबद्ध प्रयास आवश्यक रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22