Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाँच प्रदेशमा भारी वर्षा हुने – मौसम 

प्रकाशित मिति : २०८२ श्रावण १ गते
file photo

काठमाडौँ । देशभर मनसुनी वायु सक्रिय रहनुका साथै भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभावले नेपालको मौसममा हलचल देखिएको छ। यी दुई मौसमी प्रणालीको संयुक्त प्रभावले देशभरको मौसम सामान्यतया बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी छ। मनसुनको न्यूनचापीय रेखा पनि आफ्नो सरदर स्थानमा रहेकाले मनसुनी गतिविधि थप सक्रिय बनेको हो।

- ADVERTISEMENT -

Advertisement

आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको बलियो सम्भावना छ। यी पाँच प्रदेशका एक–दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने पूर्वानुमान गरिएको छ। बाँकी प्रदेशहरूमा भने केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना देखिन्छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ।

आज राति देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ। रातिको समयमा कोशी र मधेस प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले एक विशेष बुलेटिन जारी गर्दै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना औँल्याएको छ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने र नदीनाला तथा खहरे खोलाहरूमा पानीको बहाव बढ्न सक्ने हुँदा तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। साथै, सडक तथा हवाई यातायातमा समेत वर्षाका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्थाबारे जानकारी लिन अनुरोध गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22