२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बुटवल मालपोतका अधिकृतसहित तीनजना पक्राउ करोडौं मूल्य पर्ने जग्गा किर्ते

प्रकाशित मिति : २०८२ श्रावण १० गते

काठमाडौं / सरकारी छाप र दस्तखतको दुरुपयोग गर्दै करोडौं मूल्य पर्ने निजी जग्गाको नक्कली लालपुर्जा बनाएर किनबेच तथा ठगी गर्ने एउटा संगठित गिरोहको रहस्य खुलेको छ । प्रकरणमा मालपोत कार्यालय बुटवलका एक अधिकृतसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेपछि यो तथ्य बाहिर आएको हो ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार, पक्राउ पर्नेमा बुटवल मालपोत कार्यालयका अधिकृत घनश्याम अर्याल, भैरहवा मालपोत कार्यालयका सहयोगी सञ्जय कुमार केवट र तिलोत्तमाकी रञ्जना थापा रहेका छन् । उनीहरूलाई सरकारी लिखत किर्ते र छाप दुरुपयोगको अभियोगमा जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिइएको क्षेत्रीले बताए । प्रहरी स्रोतका अनुसार, यस प्रकरणमा अन्य केही मालपोत कर्मचारीहरूको समेत संलग्नता देखिएको र उनीहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

कसरी भयो १७ कट्ठा जग्गा किर्ते ?
यो प्रकरण तिलोत्तमा नगरपालिकाको मणिग्रामस्थित कित्ता नं. १५७ को १७ कट्ठा जग्गासँग सम्बन्धित छ । मालपोतको अभिलेखअनुसार, उक्त कित्तालाई २०७१ सालमै टुक्राएर १४ जना विभिन्न व्यक्तिको नाममा नामसारी गरिएको थियो । तिलोत्तमा(६ का वडा अध्यक्ष गणेश पाठकका अनुसार उक्त जग्गा राम थापाको कश्यप नमुना रोडा उद्योगदेखि लिएर दिनकुमारी न्यौपाने, कृष्णप्रसाद ज्ञवालीलगायत १४ जनाको नाममा दर्ता थियो ।

तर, २०७८ साल फागुन ६ गते, यी सबै कित्तालाई एकीकृत गरी पूरै १७ कट्ठा जग्गाको एउटै नक्कली लालपुर्जा ‘ग्रिनल्याण्ड विल्डर्स’ नामक कम्पनीको नाममा बनाइएको थियो । तिलोत्तमा(७ का काशी घिमिरेले दर्ता गरेको उक्त कम्पनी र नक्कली लालपुर्जा नवलपरासीका भीमलाल भण्डारीलाई ५ करोड रुपैयाँमा बिक्री गरिएको थियो ।

एउटै नक्कली पुर्जाबाट दोहोरो ठगी
गिरोहले नक्कली लालपुर्जाका आधारमा जग्गा बिक्री मात्र गरेन, सोही लालपुर्जा धितो राखेर काठमाडौंको एक सहकारी संस्थाबाट करोडौं ऋणसमेत निकालेको अनुसन्धानबाट खुलेको छ ।

घिमिरेले भण्डारीलाई जग्गा बेच्नुअघि नै २०७८ फागुन २२ गते काठमाडौंको काँडाघारीस्थित सहकाली सहकारीबाट सोही जग्गा धितो राखेर २ करोड ७० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिने प्रक्रियामा तिलोत्तमा वडा नं. ६ को नक्कली चार किल्ला प्रमाणित कागज र मालपोत कार्यालय बुटवलबाट जारी गरिएको रोक्का पत्रसमेत पेस गरिएको थियो । आश्चर्यजनक कुरा के छ भने, मालपोतले जारी गरेको भनिएको रोक्का पत्रमा अधिकृतको हस्ताक्षर र सरकारी छाप त छ, तर नाम उल्लेख छैन र कार्यालयमा त्यसको कुनै अभिलेखसमेत छैन ।

यो गिरोहले सरकारी र निजी जग्गाको नक्कली कागजात तयार पारी बिक्री गर्ने र सोही धितोमा बैंक तथा वित्तीय संस्थाबाट ऋण निकालेर ठगी गर्ने गरेको स्रोतको दाबी छ । मालपोत कार्यालय बुटवलले नै घिमिरेको गतिविधि शंकास्पद रहेको भन्दै अनुसन्धानका लागि प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेपछि अनुसन्धान अघि बढेको थियो । सोही अनुसन्धानका क्रममा अधिकृत अर्यालसहितको संलग्नता खुलेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89