२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको अनुमान, सतर्क रहन आग्रह

प्रकाशित मिति : २०८२ श्रावण २३ गते
file photo

काठमाडौं / देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहे पनि जलवाष्पयुक्त हावा केही कमजोर हुँदा ठूलो वर्षाको क्रम केही मत्थर बनेको छ । यद्यपि, मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका पाँच प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा हाल नेपालको तराई भूभागमा अवस्थित छ, जसका कारण देशभर मनसुन सक्रिय छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

आज दिउँसो र राति देशभर सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विशेषगरी, कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । आज राति भने कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान छ ।

महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रहरूमा पहिरो, भू(क्षय, र नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भन्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट बच्न विशेष अनुरोध गरेको छ । यात्रा गर्दा वा कृषि कार्यमा संलग्न हुँदा मौसमको अवस्थाबारे अद्यावधिक जानकारी लिन पनि सुझाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45