२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

शवको हड्डी र मासु बिक्री आरोपमा दुई पक्राउ

प्रकाशित मिति : २०८२ श्रावण २५ गते

काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु चोरी गरी बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त, गौशालाको टोलीले शव जलाउने काममा संलग्न गणेश ढकाल र उनका एक सहयोगीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार, गत शुक्रबार काभ्रेका रामबहादुर शाहीको शव दाहसंस्कार गरिँदै गर्दा उक्त घटना भएको हो |

- ADVERTISEMENT -

Advertisement

मृतक शाहीका परिवारजनले ढकाललाई जलिरहेको शवबाट मासु र हड्डी निकालेर प्याक गर्न लगाइरहेको अवस्थामा रंगेहात समातेका थिए । घटनापछि परिवार र आरोपीहरूबीच भनाभन भएको र तत्कालै प्रहरीलाई खबर गरिएको थियो । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र आरोपीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

गौशाला प्रहरी वृत्तका सूचना अधिकारी, प्रहरी नायब निरीक्षक (सई) सुकदेव खनालका अनुसार घटनाको प्रकृति अत्यन्तै संवेदनशील र दुर्लभ छ । ‘शव जलाउने क्रममा मासु र हड्डी प्याक गर्ने कार्य देखेपछि मृतकका आफन्तले हामीलाई जानकारी दिनुभयो,’ उनले भने, ‘पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको छ ।’

खनालका अनुसार, प्रारम्भिक अनुसन्धानमा ढकालले शवबाट निकालिएको हड्डी र मासु ५ सय रुपैयाँमा बिक्री गर्ने योजना बनाएको र त्यसमा ४ सय रुपैयाँ आफू राख्ने तथा बाँकी १ सय रुपैयाँ सहयोगी मैनाली थरका व्यक्तिलाई दिने सहमति भएको खुलेको छ ।

हालसम्म शवको अंग चोरी तथा बिक्रीसम्बन्धी प्रस्ट कानुनी व्यवस्था नहुँदा अनुसन्धान र कारबाहीमा चुनौती देखिएको प्रहरीको भनाइ छ । तैपनि, प्रहरीले दुवै आरोपितमाथि ‘अभद्र व्यवहार’ मुद्दामा कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89