२०८३ भाद्र २७, शनिबार
September 12, 2026
२०८३ भाद्र २७, शनिबार
September 12, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

रवि लामिछानेको माग अस्वीकार, पुनः थुनामै पठाउने आदेश

प्रकाशित मिति : २०८२ श्रावण २७ गते
file photo.

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई थुनामै पठाउने आदेश जारी भएको छ ।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले लामिछानेलाई थुनामै पठाउने आदेश दिएको हो ।

- ADVERTISEMENT -

Advertisement

सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थुनामा रहेका लामिछानेले रिहा गर्न माग गर्दै निवेदन दिएका थिए । उनले साउन १९ गते बैंक ग्यारेन्टीमार्फत रिहाइको माग गर्दै अदालतमा निवेदन दिएका थिए ।

उनले जिल्ला अदालतमा सहकारी ऐनको दफा १३१(क) अनुसार बिगो तिरेर साधारण तारेखमा रिहा गरिदिन आग्रह गरेका थिए ।

तर सोमबार भएको सुनुवाइपछि अदालतले उनको माग अस्वीकार गर्दै थुनामै पठाउने फैसला सुनाएको हो ।

निवेदनमा उनले कानुनी रूपमा उक्त दफा आफ्नो हकमा नपर्ने भए पनि बिगो स्वरूप दुई करोड ८४ लाख रुपैयाँको बैंक ग्यारेन्टी पेस गरिसकेको उल्लेख गरेका थिए । तर, अदालतले माग गरे बमोजिम नहुने फैसला सुनायो ।

अब उनीविरुद्ध मुद्दाको पुर्पक्षमा थुनैबाट प्रक्रिया अगाडि बढ्नेछ । अदालतको आदेशसँगै लामिछाने पक्षको रिहाइको प्रयास तत्कालका लागि असफल भएको छ ।

लामिछाने गत वर्ष चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.59
153.19
European Euro
1
176.96
177.65
UK Pound Sterling
1
206.18
206.99
Swiss Franc
1
187.34
188.08
Australian Dollar
1
109.41
109.84
Canadian Dollar
1
110.19
110.62
Singapore Dollar
1
120.35
120.83
Japanese Yen
10
9.90
9.94
Chinese Yuan
1
22.75
22.84
Saudi Arabian Riyal
1
40.63
40.79
Qatari Riyal
1
41.86
42.02
Thai Baht
1
4.62
4.64
UAE Dirham
1
41.55
41.71
Malaysian Ringgit
1
37.49
37.63
South Korean Won
100
11.37
11.41
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.67
23.77
Hong Kong Dollar
1
19.46
19.53
Kuwaity Dinar
1
497.60
499.56
Bahrain Dinar
1
404.72
406.31
Omani Rial
1
396.33
397.89